“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे…

“निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया)

महमूद बिन लबीद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “निस्सन्देह, मलाई तिमीहरूको बारेमा जुन कुरादेखि सबैभन्दा धेरै डर लागेको छ, त्यो सानो शिर्क हो ।" साथीहरूले भने: हे अल्लाहको रसूल! यो सानो शिर्क के हो? उहाँले जवाफ दिनुभयो: “दिखावटी (रिया) ।” अल्लाहले उनीहरूलाई न्यायको दिन; जब मानिसहरूको हिसाबकिताब गरिनेछ भन्नुहुनेछ: जाऊ तिनीहरूकहाँ जाऊ जसको लागि तिमीहरूले संसारमा रियाकारी (दिखावटी) गर्यौ । हेर, तिनीहरुबाट कुनै इनाम पाउछौ कि?”

[हसन] [अहमदले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हामीलाई बताउँदै हुनुहुन्छ, उहाँलाई आफ्नो उम्मतप्रति सबैभन्दा बढी डर लाग्ने कुरा सानो शिर्क हो, जुन पाखण्ड हो कि व्यक्तिले मानिसहरूलाई देखाउनको लागि काम गरोस्। त्यसपछि उहाँले रियाकारी (देखावटी) गर्नेहरूले न्यायको दिन पाउने दण्डको बारेमा भन्नुभयो : उनीहरूलाई भनिनेछ, तिमीहरूले जसलाई देखाउन काम गरेकाथ्यौ, उतै जाऊ र हेर के तिनीहरूमा तिमीहरूलाई इनाम दिन शक्ति छ कि छैन ?!

فوائد الحديث

इख्लास; अल्लाहको प्रसन्नता प्राप्त गर्न विशुद्ध रूपमा कर्म गर्नु आवश्यक छ । पाखण्ड र कपटबाट होसियार हुनुपर्छ ।

आफ्ना अनुयायीप्रति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को असीम कृपा र उनीहरूको मार्गदर्शन र परोपकारिता गर्ने उत्सुकता ।

जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सहाबाहरूलाई सम्बोधन गर्दा यति चिन्तित हुनुहुन्थ्यो, जो उत्कृष्ट पिढी र सबै धर्मी मानिसहरू थिए, तब पछिका मानिसहरूप्रतिको डरको अझै बढी छ ।

التصنيفات

शिर्क (बहुदेववाद), नबी (सल्लल्लाहु अलैहि वसल्लम) को दया