إعدادات العرض
मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त…
मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili ไทย پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Oromoo Wolof Soomaali Français Tagalog Azərbaycan Українська bm தமிழ் Deutsch ქართული Português Македонски Magyar Русский فارسی 中文 kmالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पाखण्डीको अवस्था दुविधा र अलमलमा परेको बाख्रा जस्तै हुन्छ, जसलाई बाख्राको कुन समूहसँग बस्ने भनेर थाहा हुँदैन, कहिले यो बथानमा जान्छ त कहिले त्यो बथानमा । पाखण्डीहरूले ईमान र कुफ्र (विश्वास र अविश्वास) को बीचमा भ्रमको जीवन बिताउँछन् । तिनीहरू बाहिरी र भित्री रूपमा नत मुस्लिमहरूसंग हुन्छन् नत काफिरहरूसँग नै। बरू उनीहरू बाहिरी रूपमा मुस्लिमहरूसँग देखिएपनि भित्री रूपमा शंका र द्विविधाको अधीनमा हुन्छन् । त्यसैले कहिले यतातिर झुक्छन् त कहिले उतातिर।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले कुराको अर्थ स्पष्ट पार्न उदाहरणहरूको प्रयोग गर्नुहुन्थ्यो।
यस हदीसमा कपटीहरूको दुविधा, शंका र अस्थिरता बारे वर्णन गरिएको छ।
यस हदीसमा कपटीहरूको दुर्दशाबारे चेताउनी दिइएको छ र बाहिरी तथा भित्री रूपमा विश्वास(ईमान)मा साँचो र दृढ रहन प्रोत्साहित गरिएको छ ।
التصنيفات
निफाक (पाखण्ड)