إعدادات العرض
म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट…
म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती
आस्मा बिन्ते अबिबक्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेकी छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "म जलाशय (हौज)निर बसेर तिमध्ये को-को मकहाँ पानी पिउन आउँछन् भनेर हेरिरहेको हुनेछु । र कोही मान्छेहरु मकहाँ आउनबाट रोकिनेछन्, तब मैले भन्नेछु, हे मेरो रब! यिनीहरु मेरा उम्मती हुन् । तब भनिनेछ: उनीहरूले तिमी पछि के के गरे, के तिमीलाई थाहा छ ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Wolof Soomaali Français Azərbaycan Tagalog Українська தமிழ் Bambara Deutsch ქართული Português Македонски Magyar فارسی Русский 中文 ភាសាខ្មែរ Malagasy Oromoo ไทย मराठी ਪੰਜਾਬੀ Türkçe Lingala Italiano አማርኛالشرح
नबि (सल्लल्लाहु अलैहि वसल्लम)ले बताउनुभएको छ कि, कयामतको दिन उहाँ आफ्नो जलाशय (कुण्ड) नजिक हुनुहुनेछ। जहाँबाट उहाँले आफ्नो उम्मतका (समुदायका) मानिसहरू जलाशय(हौज)मा पानी पिउन आएको हेर्नुहुनेछ। र केही मानिसहरूलाई उहाँको नजिक जानबाट रोकिनेछ, तब उहाँले भन्नु हुनेछ: हे मेरो पालनकर्ता ! यिनीहरु मेरा मान्छे र मेरा उम्मती (समुदायका) हुन् ! उहाँसँग भनिनेछ: के तिमीलाई थाहा छ कि तिम्रो मृत्यु पछि उनीहरुले के के काम गरे ? अल्लाहको कसम, यी मानिसहरू (तिम्रो जीवन विधि छाडेर) आफ्नो पुरानै शैली तिर फर्कि गएका थिए र आफ्नो धर्म त्यागेको थिए । तसर्थ न त तिनीहरू तिमीबाट हुन्, न त तिम्रो समुदायबाट ।فوائد الحديث
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो उम्मत (समुदाय) प्रति दयावान र चिन्तित थिए ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत र तरिका उल्लङ्घन गर्ने बाट चेतावनी दिइएको छ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नतको पालना गर्न प्रोत्साहन दिइएको छ ।