إعدادات العرض
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क…
जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें : "जसले अल्लाहसँग शिर्क (कसैलाई साझेदार) नगरेको अवस्थामा भेट्छ, उसले स्वर्गमा प्रवेश पाउने छ, र जसले अल्लाहसँग शिर्क गरेको अवस्थामा भेट्छ, ऊ नर्कमा प्रवेश गर्नेछ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Türkçe اردو 中文 हिन्दी Tagalog ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Русский Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands සිංහල ไทย دری Български Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm km rn ქართული Македонски Српскиالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जो व्यक्ति अल्लाहसँग कसैलाई साझेदार नगरी मर्छ, उसको गन्तव्य स्वर्ग हुनेछ, यद्यपि कुनै पापको कारणले उसलाई केही यातनाहरू भोग्न परोस् । त्यसैगरी अल्लाहसँग कसैलाई साझेदार गरेको अवस्थामा मर्ने व्यक्ति सधैं नरकमा रहनेछ ।فوائد الحديث
यस हदीस बाट "तौहीद" (एकेश्वरवाद) को सद्गुण र यसले नरकमा अनन्त रहनबाट मुक्त गर्नेछ भन्ने कुरो थाहा हुन्छ।
स्वर्ग र नर्क दुवै व्यक्ति नजिकै छन् । व्यक्ति र स्वर्ग र नर्कको बीचमा मात्र मृत्युको बाधा छ ।
यस हदीसमा ठूला वा साना सबै प्रकारका शिर्कहरू विरुद्ध चेतावनी दिइएको छ, किनकि नर्क बाट मुक्तिको लागि शिर्कबाट बच्न आवश्यक छ ।
कर्महरूको सार अन्तिम कर्मामा नै निर्भर छ ।