यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा…

यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।

आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा गैबका अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा सचेत रहनु, तिनीहरूका वचनको पालन नगर र तिनीहरूको मामिलाको वास्ता नगर । यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा जिन्नहरूले आकाशबाट समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने आफ्ना साथीहरू अर्थात् भविष्यवक्ताहरूलाई सुनाउछन् त्यसपछि ज्योतिषीले एउटा सच साँचो कुरामा सयौं झूटहरू मिसाउँछन् ।

فوائد الحديث

ज्योतिषीहरूलाई विश्वास गर्न निषेध गरिएको छ र कहिलेकाहीँ एकाध सत्य बाहिर आए पनि ऊ झुटो हो ।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) को पैगम्बर बनाएर पठाइए बाट नै आकाशलाई शैतानहरू बाट सुरक्षित बनाइएको छ

त्यसपछि उनीहरुलाई केही समाचार सुन्न सम्भव रहेन । हो, कसैले गुपचुप सुनेर ताराको मारबाट सुरक्षित रह्यो भने त्यो अर्कै कुरा हो ।

जिन्नले केही निश्चित व्यक्तिलाई आफ्नो साथी बनाउँछन् ।

التصنيفات

ताैहीद उलूहियत, अज्ञानताका समस्याहरू