إعدادات العرض
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले एक व्यक्तिलाई यसो भन्दै गरेको सुने, "होइन, म काबाको कसम खान्छु," उनले भने: अल्लाह बाहेक अरू कसैको कसम खानु हुँदैन, किनकि मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम)लाई भन्दै गरेको सुनें छु कि : "जसले गैरुल्लाह (अल्लाह बाहेक अरू कसै) को कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्दछ ।"
[सही] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල தமிழ் دری Akan Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Azərbaycan Moore Wolof Oromoo Soomaali Українська bm ភាសាខ្មែរ rn Српски ქართული Македонски Ελληνικά አማርኛ Malagasyالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो, जसले अल्लाहको नाम र विशेषताहरू बाहेक अरू कुनै सृष्टिको कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्छ; किनभने कसम खाँदा कसम खाने व्यक्तिको महिमा आवश्य नै हुन्छ जबकि महिमा योग्य केवल अल्लाह हुनुहुन्छ । त्यसैले केवल उहाँको नाम र गुणहरूको कसम खानुपर्छ, उहाँ हरेक कमीकमजोरीबाट पवित्र हुनुहुन्छ । अल्लाह बाहेक अरू कसैको कसम खानु सानो शिर्क हो । तर कसम खाने व्यक्तिले कसम खाने कुरालाई अल्लाहको समान वा सोभन्दा बढी सम्मान दियो भने त्यो ठूलो शिर्क हुनेछ ।فوائد الحديث
कसम र प्रतिज्ञा मा जुन सम्मान र आदर को भाव हुन्छ, त्यसको योग्य मात्र अल्लाह हुनुहुन्छ, त्यसैले अल्लाह र उहाँका नाम तथा विशेषताहरू बाहेक अरू कसैको कसम खान अनुमति छैन ।
सहाबा (साथी) हरू असल कुराको आदेश दिन र नराम्रो कामबाट अरुलाई रोक्न तत्पर रहनु हुन्थ्यो । विशेषगरी शिर्क वा कुफ्र जस्ता गलत कार्यको रोकथाममा ।
التصنيفات
शिर्क (बहुदेववाद)