यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे

यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे

जाबिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे र यो बाहेक अरू केही गरिनँ भने के म जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछु? उहाँले भन्नुभयो: "हो।" उसले भन्यो: अल्लाहको कसम, मैले यसमा केही थप्ने छैन।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भयो कि जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।

فوائد الحديث

मुस्लिम लाई स्वर्गमा प्रवेश पाउने लक्ष्य साथ आफ्नो कर्तव्यहरू पूरा गर्न र निषेधित चीजहरू त्याग्न उत्सुक हुनुपर्छ ।

यस हदीस बाट वैध(हलाल) कार्य गर्ने र त्यसको वैधता लाई मान्नु र निषेधित कार्यबाट बच्ने र त्यसको अवैधता लाई मान्नु को महत्त्व थाहा हुन्छ।

अनिवार्य कर्तव्यहरूलाई पुरा गर्नु र निषेधित चीजहरू लाई त्याग्नुले स्वर्गमा प्रवेश पाइन्छ।

التصنيفات

नाम र अह्कामहरू, ईमानका शाखाहरू, सलाहको सद्गुण