जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठायो, ऊ हामी मध्येको होइन ।

जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठायो, ऊ हामी मध्येको होइन ।

अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले हाम्रो विरुद्धमा हतियार (शस्त्र) उठायो, ऊ हामी मध्येको होइन ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमहरूलाई - आतंकित गर्न वा लुटपाट गर्न हतियार उठाउने विरुद्ध चेतावनी दिनुभएको छ । जसले यो अन्यायपूर्ण काम गर्यो, उसले ठूलो अपराध र गम्भीर पाप गर्यो र यो कडा प्रतिज्ञाको हकदार भयो ।

فوائد الحديث

एक मुस्लिमले आफ्ना मुस्लिम दाजुभाइहरूसँग लड्ने विरुद्ध धेरै कडा चेतावनी ।

धर्तीमा सबैभन्दा ठूलो निन्दनीय कार्य र ठूलो फसाद भनेको मुसलमानहरू विरुद्ध हतियार उठाउनु र हत्या गरेर फसाद फैलाउनु हो।

उपरोक्त प्रतिज्ञाको दायरा भित्र विद्रोही र अराजकता फैलाउन उक्साउनेहरू विरुद्धको सत्य युद्ध समावेश छैन ।

उल्लेख गरिएको धम्कीमा न्यायसंगत युद्धलाई समेटिदैन, जस्तो कि विद्रोही र भ्रष्टाचार गर्नेहरू विरुद्धको युद्ध।

हतियार आदि देखाएर मुस्लिमलाई भयभीत गर्न पाइँदैन, चाहे त्यो मजाकको रूपमा किन होस् ।

التصنيفات

फिस्क (पाप), डाकुहरूको हद