إعدادات العرض
तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।
तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।
अबु मुहम्मद अब्दुल्लाह बिन अम्र बिन अल-आस (रदियल्लाहु अन्हुमा) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।"
الترجمة
العربية Español አማርኛ English اردو Indonesia বাংলা Français Türkçe Русский Bosanski සිංහල हिन्दी 中文 فارسی Tiếng Việt Tagalog Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ ไทย Deutsch پښتو অসমীয়া Shqip Nederlands ગુજરાતી Кыргызча Lietuvių دری Српски тоҷикӣ Kinyarwanda Magyar Čeština Moore Malagasy Oromoo ಕನ್ನಡ Wolof Azərbaycan O‘zbek Українська ქართული Македонски ភាសាខ្មែរ Bambara ਪੰਜਾਬੀ मराठी Kirundi Kurmancî Bahasa Melayuالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, कुनै व्यक्ति तबसम्म पूर्णतः आस्थावान् हुँदैन, जबसम्म उसको प्रेम र अभिरुचि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का आदेश र निषेधअनुसार हुँदैन। साँचो आस्थावान् त्यही हो, जसले रसूलले आदेश दिनुभएका कार्यहरूप्रति प्रेम राख्छ र जुन कुराहरूलाई निषेध गर्नुभएको छ, त्यसप्रति घृणा राख्छ।فوائد الحديث
यो हदीस इस्लामी शरीअत (धार्मिक विधान) प्रति पूर्ण समर्पण र त्यसको आज्ञापालन सम्बन्धी एक आधारभूत सिद्धान्त हो।
यस हदीसमा यो चेतावनी दिइएको छ, जसले आफ्नो विचार-बुद्धि वा प्रथा (रीति) लाई प्राथमिकता दिई त्यसलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ल्याउनुभएको सन्देश र विधिभन्दा माथि राख्दछ, त्यस्तो व्यक्तिले आस्था (ईमान) गुमाएको मानिन्छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ: “मैले जे सन्देश लिएर आएको छु” ले यो कुरा प्रस्ट हुन्छ, सबै मामिलामा शरिया कानून लागू गर्नु अनिवार्य हो।
आज्ञाकारिताले विश्वास (ईमान) बढ्छ र अवज्ञाले घट्छ।
