إعدادات العرض
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै…
“सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सुब्हानल्लाह्, वल्-हम्दु लिल्लाह्, वला इलाह इल्-लल्लाह्, वल्लाहु अक्बर’ भन्नु मेरो लागि यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा प्रिय छ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी বাংলা Español Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Soomaali Moore Українська Български Tagalog Wolof Azərbaycan ქართული тоҷикӣ bm Македонскиالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, यी महत्त्वपूर्ण शब्दहरूद्वारा अल्लाहको जिक्र गर्नु र उहाँलाई सम्झनु यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ र ती हुन्: "सुब्हानल्लाह्": अल्लाह सबै किसिमको कमीकमजोरीहरू बाट पवित्र हुनुहुन्छ । "अल्-हम्दु लिल्लाह् ": अल्लाहका पूर्णताको विशेषता, माया, सम्मान र श्रद्धाका साथमा वर्णन गरिएको छ । "ला इलाह इल्-लल्लाह् ": अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "अल्लाहु अकबर": अल्लाह सबै भन्दा महान र शक्तिशाली हुनुहुन्छ ।فوائد الحديث
अल्लाहको जिक्र (स्मरण) गर्न प्रोत्साहित, किनकि उहाँको सम्झना यो पृथ्वी र यसमा भएका सबै चीजहरू भन्दा राम्रो छ ।
अत्यधिक जिक्र गर्न प्रोत्साहन; किनभने यसमा धेरै पुण्य र ठूलो पुरस्कार छ ।
संसारका भोगहरू थोरै छन् र ती सबै समाप्त हुनेछन् ।
التصنيفات
सामान्य अज्कारहरू