रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले न्यायिक मामिलामा घुस दिने र लिने दुवैलाई श्राप दिनुभएको छ ।

[सही] [तिर्मीजी र अहमदले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूका लागि अल्लाहको रहमत (कृपा) बाट टाढा गर्न दुआ गर्नुभएको छ । निर्णयमा पक्षपात गर्न र आफ्नो पक्षमा निर्णय गराउने उद्देश्यले न्यायाधीशहरूलाई दिइने घुस पनि यसमा समावेश छ ।

فوائد الحديث

घुस दिनु, लिनु भूमिका निर्वाह गर्नु र यसमा कुनै किसिमको सहयोग गर्नु हराम हो । किनभने यो गलत काममा सहयोग हो ।

"घूस दिनु, लिनु, वा यसमा बिचौलियाको काम गर्नु र यसमा सहयोग गर्नु हराम हो, किनभने यसले अन्यायमा मद्दत गर्छ।"

घूस दिनु र लिनु ठूलो पाप हो; किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूलाई श्राप दिनुभएको छ ।

न्याय र प्रशासनसँग सम्बन्धित मामिलामा घुस लिनु र दिनु ठूलो अपराध र पाप हो । किनभने यो अन्याय र उत्पीडन हो साथै अल्लाहद्वारा अवतरित कानूनलाई बेवास्ता गरी मनमानी ढंगले निर्णय गर्नु हो ।

التصنيفات

न्यायाधीशको शिष्टाचार