إعدادات العرض
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन)…
कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"
[हसन] [अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Kurdî Wolof Moore Soomaali Français Tagalog Українська Azərbaycan தமிழ் Deutsch bm ქართული Português Македонски Magyar Русский 中文 فارسی ភាសាខ្មែរ አማርኛ Malagasy Oromoo ไทยالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सधैं कुरआन पढ्ने, त्यसलाई कण्ठ पार्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई, स्वर्गमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर। तिमीले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्थ्यौ, त्यसैगरी पढ्दै गर; तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।فوائد الحديث
कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार प्रदान गरिनेछ ।
यस हदीसमा कुर्आनको तिलावत (वाचन) गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कर्म गर्न प्रोत्साहन दिइएको छ ।
स्वर्गमा धेरै श्रेणी र स्तरहरू छन्, कुर्आनको ज्ञान प्राप्त गरेको मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।