إعدادات العرض
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Română Shqip Soomaali Српски Wolof Українська Tagalog தமிழ் Moore Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bm አማርኛ Malagasy Oromoo ភាសាខ្មែរالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ, यदि कुनै व्यक्तिले कुनै फर्ज नमाज पढ्न बिर्सियो र त्यसको समय सकियो भने याद आउने बित्तिकै ढिलो नगरीकन त्यसलाई पढ्नु पर्छ । वास्तवमा, समयमा नमाज नपढेको पाप मेटाउने एकमात्र उपाय भनेको याद आउने बित्तिकै यसलाई पढ्नु हो । अल्लाहले पवित्र कुर्नआनमा भन्नुभएको छ: "र मेरो सम्झनाको लागि नमाज स्थापना गर ।" [ताहा: १४] अर्थात्, बिर्सिएको नमाजलाई सम्झँदाका साथ पढ्नु ।فوائد الحديث
इस्लाममा नमाजको महत्त्व र समयमानै नमाज पढ्न वा छुट्यो भने कजा (पछि पढ्नु) गर्नमा अल्छी वा लापरवाही नगर्न चेतावनी ।
कुनै वैध कारण बिना नमाजलाई निर्धारित समयबाट जानाजानी ढिलो गर्न अनुमति छैन ।
बिर्सने व्यक्तिले याद आउनसाथ र सुतेको व्यक्तिले उठ्दा अनिवार्य रुपमा नमाज पढ्नु पर्छ ।
निषेधित समयमा पनि छुटेको नमाज तुरुन्तै पढ्नु पर्ने अनिवार्यता ।