إعدادات العرض
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने…
जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
अबू हुमैद वा अबू ओसैदले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जब तिमीहरू मध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने उसले (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) र जब बाहिर निस्कन्छ भने (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) पढ्नुपर्छ ।
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം తెలుగు Bosanski ಕನ್ನಡ Kurdî Română Soomaali Shqip Српски Українська Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Русский Македонски bm አማርኛ Malagasy Oromoo ភាសាខ្មែរالشرح
नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो उम्मतलाई मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्न सिकाउनु भएको छ: (अल्लाहुम्मफ्-तह्-ली अब्वाब रह्-मतिक्) ("हे अल्लाह, मेरो लागि आफ्नो रहमतका ढोका खोलिदिनुहोस्")। यसद्वारा मानिसले अल्लाहसँग आफ्नो करुणा प्राप्त हुने कारणहरू सजिलो बनाइदिन अनुरोध गर्छ। त्यसैगरी मस्जिदबाट बाहिर निस्कँदा यो पढ्न : (अल्लाहुम्म इन्नी अस्-अलुक मिन्-फज्लिक्) अर्थात अल्लाहको अत्यधिक अनुग्रह र हलाल जीविकोपार्जनका लागि दुआ गर्नु पर्दछ ।فوائد الحديث
मस्जिदमा प्रवेश गर्दा र बाहिर निस्कँदा उक्त दुआहरू पढ्नु मुस्तहब हो ।
मस्जिदमा प्रवेश गर्दा दया र मस्जिद छोड्दा अनुग्रह विशेष रूपमा उल्लेख गरिएको छ । किनभने प्रवेश गर्ने व्यक्ति अल्लाह र स्वर्ग नजिक ल्याउने गतिविधिहरूमा संलग्न हुन जान्छ, त्यसैले दयाको उल्लेख अनुकूल थियो र जो बाहिर निस्कन्छ ऊ जीविकोपार्जनको खोजीमा सक्रीय हुन्छ, त्यसैले यहाँ अनुग्रह उल्लेख गर्नु उपयुक्त छ ।
मस्जिदमा प्रवेश गर्ने र मस्जिद छोड्ने इरादा गर्दा यी दुवाहरु
पढ्नुपर्छ ।