कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै वस्तु छ भने त्यो काटियोस् ।

कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै वस्तु छ भने त्यो काटियोस् ।

अबू बशीर अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग यात्रामा थिए । र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । उहाँले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै वस्तु छ भने त्यो काटियोस् ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । यसैबीच, उहाँले एक व्यक्तिलाई तिनीहरूको ऊँटको घाँटीमा बाँधिएका चीजहरू काट्न आदेश दिएर पठाउनुभयो, चाहे ती वस्तुहरू धनुषको तारको आकारमा होस् वा घण्टी वा जुत्ता आदि होस् । किनभने तिनीहरूले जनावरहरूलाई नराम्रो नजरबाट बचाउनको लागि बाँध्ने गर्थे, त्यसैले तिनीहरूलाई काट्न आदेश दिइएको थियो । किनभने यी चीजहरूले ऊँटहरूलाई कुनै पनि कुराबाट जोगाउन सक्दैनन् । लाभ र हानि अल्लाहको हातमा मात्र छ र यसमा कोही साझेदार छैन ।

فوائد الحديث

नाफा कमाउन र हानिबाट बच्नको लागि धनुष, हार आदि झुण्ड्याउनु हराम हो, किनभने यो शिर्क हो ।

ऊँटको घाँटीमा धागो बाहेक अन्य पट्टी र हार गहना र सजावटको रूपमा प्रयोग गरिन्छ वा पशुलाई बाँध्नको लागि हो केही आपत्ति छैन ।

मुन्कर (गलत) लाई सकेसम्म खण्डन गर्नु आवश्यक छ ।

हृदयको सम्बन्ध अल्लाहसँग मात्र हुनुपर्छ, अरु कसैबाट होइन ।

التصنيفات

ताैहीद उलूहियत