إعدادات العرض
हे अल्लाहका रसूल! हामी जिहादलाई सबैभन्दा राम्रो कार्य मान्दछौं, त्यसोभए के हामीले जिहाद गर्नु हुँदैन? उहाँले…
हे अल्लाहका रसूल! हामी जिहादलाई सबैभन्दा राम्रो कार्य मान्दछौं, त्यसोभए के हामीले जिहाद गर्नु हुँदैन? उहाँले जवाफ दिनुभयो: "होइन, तर सबैभन्दा राम्रो जिहाद (तिम्रो लागि) हज मबरुर (स्वीकृत हज) हो ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छन्, उनले सोधिन्, हे अल्लाहका रसूल! हामी जिहादलाई सबैभन्दा राम्रो कार्य मान्दछौं, त्यसोभए के हामीले जिहाद गर्नु हुँदैन? उहाँले जवाफ दिनुभयो: "होइन, तर सबैभन्दा राम्रो जिहाद (तिम्रो लागि) हज मबरुर (स्वीकृत हज) हो ।"
[सही] [बुखारीले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt ئۇيغۇرچە Hausa Kurdî മലയാളം Kiswahili Português සිංහල دری Svenska አማርኛ অসমীয়া ไทย Yorùbá Кыргызча ગુજરાતી Malagasy Oromoo Română Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Српски Moore Lietuvių ქართული Українськаالشرح
सहाबा (रजियल्लाहु अन्हुम) ले अल्लाहको खातिर जिहाद गर्नु र शत्रुहरूसँग लड्नुलाई सबै भन्दा उत्तम कर्म मान्थे । त्यसैले आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई जिहादमा भाग लिन अनुरोध गरिन् । उहाँले महिलाहरूको लागि सबैभन्दा राम्रो जिहाद हज मबरुर हो भनेर मार्गदर्शन गर्नुभयो । कुर्आन र सुन्नत अनुसार गरिएको र पाप तथा पाखंडबाट मुक्त रहेको हजलाई; हज मबरुर भनिन्छ ।فوائد الحديث
जिहाद पुरुषहरूको लागि सर्वश्रेष्ठ कर्म हो ।
हज महिलाहरुको लागि जिहाद भन्दा राम्रो हो । वास्तवमा, महिलाहरूको लागि सबैभन्दा राम्रो जिहाद हज मबरुर हो ।
काम गर्ने व्यक्ति अनुसार काम फरक फरक हुन्छ ।
हजलाई जिहाद भनिन्छ; किनभने यो आफू विरुद्धको जिहाद हो । यसमा धन र शक्तिको बलिदान पनि समावेश छ । त्यसैले यो अल्लाहको बाटोमा जिहाद जस्तै भौतिक र आर्थिक उपासना हो ।
التصنيفات
हज र उमराहको सद्गुण