जसले साँचो मनले अल्लाहसँग शहादत माग्छ, अल्लाहले उसलाई शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।

जसले साँचो मनले अल्लाहसँग शहादत माग्छ, अल्लाहले उसलाई शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।

सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले साँचो मनले अल्लाहसँग शहादत माग्छ, अल्लाहले उसलाई शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले अल्लाहको मार्गमा लड्दै शहीद हुन र मर्न खोज्छ, यदि ऊ आफ्नो मनसायमा साँचो छ भने, अल्लाहले उसलाई उसको साँचो मनसाय अनुसार शहीदको दर्जा दिनुहुनेछ, चाहे ऊ आफ्नो ओछ्यानमा मरे पनि ।

فوائد الحديث

लक्षित काम पूरा गर्न नसके पनि साँचो मनसाय छ भने नियत अनुसार इनाम र पुण्य प्राप्त हुन्छ ।

अल्लाहको मार्गमा जिहाद गर्ने र शहीद हुने प्रोत्साहन ।

अल्लाहले यस उम्मत (रसूलको अनुयायी) लाई धेरै सम्मानित गर्नुभएको छ । सानो कर्म गरेपनि उहाँले स्वर्गमा उच्च पद दिनुहुन्छ ।

التصنيفات

हृदयका कार्यहरू, जिहादको पुण्य