إعدادات العرض
अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ
अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ
अबू-उमामा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने अम्र बिन अबसह (रजियल्लाहु अन्हु) ले मलाई बताउनुभयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ । यदि तिमी त्यस समयमा अल्लाहलाई सम्झनेहरूमा सामेल हुन सक्छौ भने, अवश्य त्यसो गर्नु ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Français Tiếng Việt සිංහල Hausa Kurdî Kiswahili Português தமிழ் Русский অসমীয়া ગુજરાતી Nederlands پښتو മലയാളം Svenska Кыргызча Română ಕನ್ನಡ Српски తెలుగు ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Українська Lietuvių አማርኛ Wolof Azərbaycan Malagasy Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम तेस्रो प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ । यदि तपाईं त्यस समयमा अल्लाहको उपासना, दुआ, स्मरण र पश्चात्ताप गर्नेहरूमध्ये बन्न सक्षम हुनुहुन्छ भने त्यसको लागि प्रयास गर्नुहोस् ।فوائد الحديث
मुस्लिमलाई रातको अन्तिम प्रहरमा अल्लाहको जिक्र (सम्झना र स्तुति) गर्न प्रोत्साहन ।
जिक्र (सम्झना र स्तुति), दुआ (प्रार्थना) र नमाजका लागि एक समय अर्को समय भन्दा फरक हुन्छ ।
मीरक (शाह अल- हनफी) ले भने: यस हदीसमा भनिएको छ : "अल्लाह आफ्नो भक्तदेखि रातको अन्तिम प्रहरमा सबैभन्दा बढी नजिक हुनुहुन्छ ।" जबकि अर्को हदीसमा छ : "भक्त सजदा गर्दा आफ्नो परमेश्वर (अल्लाह) को सबैभन्दा धेरै नजिक हुन्छ" । यसको जवाफ के छ भने यस हदीसमा समयलाई संकेत गरिएको हो, जुन मध्यरात हो जबकि अर्को हदीसमा अवस्थालाई संकेत गरिएको हो, जुन सजदाको अवस्थामा हो ।
التصنيفات
दुआ स्वीकृत हुने र नहुने कारणहरू