إعدادات العرض
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म…
म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले छोप्थे र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो
आस्थावानहरूकि आमा आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, म र नबी (सल्लल्लाहु अलैहि वसल्लम) एउटै भाँडामा नुहाउने गर्दथ्यौं, जबकि हामीदुवै जुन्बी (अपवित्र) हुन्थ्यौं । म महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) को आदेश अनुसार आफ्नो गुप्ताङ्ग लुगाले छोप्थे र त्यसपछि उहाँ मसँग मुबाशरत (सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू) गर्नुहुन्थ्यो । उहाँ इतिकाफमा हुँदा आफ्नो शिर मतिर (मस्जिदबाट) बाहिर निकाल्नुहुन्थ्यो र म महिनावारी हुँदा पनि उहाँको शिर धुने गर्थे ।
الترجمة
العربية Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Hausa Português Kurdî Kiswahili සිංහල Svenska ગુજરાતી አማርኛ Yorùbá Tiếng Việt پښتو অসমীয়া دری Кыргызча or Malagasy Čeština Oromoo Română Nederlands Soomaali తెలుగు മലയാളം Lietuvių Српски ไทย Kinyarwanda Shqip ಕನ್ನಡ Wolof Українська Moore ქართული Magyarالشرح
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग आफ्ना केही विशेष अवस्थाहरू उल्लेख गरेकी छिन्, त्यसमध्ये एउटा के छ भने सम्भोगपछिको अपवित्रतालाई हटाउन दुवै जना संगै एउटै भाँडोबाट पानी लिएर नुहाउने गर्थे । उनी महिनावारी भएको बेला नबी (सल्लल्लाहु अलैहि वसल्लम) उनीसँग माया गर्न खोज्दा उनको शरीरलाई नाभिदेखि घुँडासम्म छोप्न आदेश दिनुहुन्थ्यो र सम्भोग बाहेक अन्य यौन क्रियाकलापहरू गर्नुहुन्थ्यो । उहाँ मस्जिदमा इतिकाफमा हुँदा आफ्नो शिर आइशा (रजियल्लाहु अन्हा) तिर बाहिर निकाल्नुहुन्थ्यो र उनी आफ्नो घरमा महिनावारी भएको बेला उहाँको शिरलाई धुने गर्थिन् ।فوائد الحديث
पति पत्नी एउटै भाँडोबाट नुहाउनु जायज हो ।
महिनावारी भएकी महिलासँग गुप्ताङ्ग बाहेक माया गर्न पाइन्छ र उनको शरीर शुद्ध हुन्छ ।
महिनावारी भएकी महिलाले आफ्नो गोप्य भागमा कपडा बाँधेर बस्नु मुस्तहब हो ।
हराम कार्यहरूमा पर्नुबाट जोगिनको लागि उपायहरू अपनाउनु पर्छ ।
महिनावारी भएकी महिला मस्जिदमा बस्न पाउँदैनन् ।
महिनावारी भएकी महिलाले भिजेको र सुक्खा वस्तु छुन सक्छिन्, जस्तै कपाल धुनु र काईयोले कपाल मिलाउनु ।
आफ्नो परिवारप्रति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को राम्रो व्यवहार ।