मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न…

मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले तिमीहरूलाई नभनेको (अनावश्यक) कुराहरूलाई बेवास्ता गर । किनकि तिमीभन्दा अघिका राष्ट्रहरू (अनावश्यक) प्रश्न सोध्ने र आफ्ना नबीहरूसँग मतभेद गरेको कारणले नष्ट भएका थिए । जब म तिमीहरूलाई कुनै कुराबाट रोक्छु, त्यसबाट टाढै बस र जब कुनै कुरा गर्न आदेश दिन्छु, त्यसमा जति सक्दो गर ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लामिक नियमहरूका तीन किसिमहरू उल्लेख गर्नुभएको छ : जसको बारेमा शरिया मौन छ, निषेधहरू र आदेशहरू । पहिलो: जसको बारेमा शरिया मौन छ, त्यसको कुनै आदेश हुँदैन र चीजहरूको बारेमा आधारभूत सिद्धान्त भनेको जायज र हलाल हो; नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा नघटेको कुराबारे सोध्नु हुँदैन, ताकि अल्लाहले त्यसको आदेश वा निषेध अवतरण नगरुन् भन्ने डरले । किनभने अल्लाहले आफ्ना सेवकहरूमाथि दया गर्दै केही आदेश दिनुभएको छैन । उहाँको मृत्युपछि जानैपर्ने कुनै आदेश फतवा वा शिक्षाको रूपमा सोध्नु जायज मात्र होइन बरु सोध्नुपर्ने हुन्छ । तर यदि घमण्ड र अनावश्यक रूपमा हो भने मनाही छ र यो हदीसमा यस्तै खाले प्रश्नलाई मनाही गरिएको छ । किनभने यसले बनु इजरायलसँग घटेको जस्तै हुन सक्छ; जब उनीहरूलाई एउटा गाई जबह गर्ने आदेश दिइएको थियो, तिनीहरूले जुनसुकै गाई जबह गर्न सक्थे, तर तिनीहरूले अनावश्यक प्रश्न सोधेर बेकारको दुख मात्र पाए । दोस्रो: निषेध (हराम) हरू; अर्थात ती कुराहरू, जुन परित्याग गर्दा पुण्य पाइन्छ र गर्नेलाई दण्ड दिइन्छ, त्यसैले ती सबैबाट बच्नुपर्छ । तेस्रो: आदेश; अर्थात ती कुराहरू हुन्, जुन गर्दा पुण्य पाइन्छ र नगर्दा दण्ड दिइन्छ, त्यसैले यो सकेसम्म गर्नुपर्छ ।

فوائد الحديث

हामीले सबैभन्दा महत्त्वपूर्ण र चाहिने कुरामा ध्यान केन्द्रित गर्नुपर्छ अनि नचाहिने कुरालाई तुरुन्तै छोड्नुपर्छ र नघटेको पछि लाग्नु हुँदैन ।

समस्याहरूलाई जटिल बनाउने, शंकाहरूको ढोका खोल्ने र धेरै मतभेद निम्त्याउने प्रश्नहरू सोध्न निषेध गरिएको छ ।

सम्पूर्ण निषेध (हराम) कुराहरू त्याग्न आदेश; किनभने यसलाई त्याग्न कुनै कठिनाइ छैन र त्यसैले यो सामान्य रूपमा निषेध गरिएको छ ।

आदेशलाई सकेसम्म पुरा गर्नुपर्छ; किनभने आदेशको पालना गर्न गाह्रो हुन सक्छ वा कहिले असक्षम पनि; त्यसैले सकेसम्म भनिएको छ ।

धेरै प्रश्न गर्न निषेध गरिएको छ । विद्वानहरूले प्रश्नलाई दुई भागमा विभाजन गरेका छन्: एउटा धर्म सिक्न र सिकाउने उद्देश्यले प्रश्न गर्नु र यो जायज हो अनि सहाबीले सोध्ने प्रश्न यसै अन्तर्गत पर्दछ । दोस्रो हठ, अहंकार, शंकास्पद र फाइदा नभएको प्रश्न प्रश्न गर्नु, जुन निषेध गरिएको छ ।

यस राष्ट्रलाई आफ्नो रसूल विरुद्धबाट चेतावनी दिइएको छ, ताकि अघिका राष्ट्रहरू झैं यसको हालत नहोस् ।

अनावश्यक प्रश्नहरू सोध्नु र नबीहरूसँग मतभेद गर्नु विनाश र बर्बादीको कारण हो, विशेषगरी पुग्न नसकिने मामिलाहरू, जस्तै: गैबका कुराहरू र कयामतको दिनको अवस्थाहरू, जुन अल्लाह बाहेक कसैलाई थाहा छैन ।

कठिन मामिलामा प्रश्न सोध्न निषेध । औजाईले भनेका छन्: जब ईश्वरले आफ्नो सेवकलाई ज्ञानको आशीर्वादबाट वञ्चित गर्न चाहनुहुन्छ तब उसको जिब्रोमा गलत कुराहरू मिसाई दिनुहुन्छ र मैले उनीहरूलाई सबैभन्दा कम ज्ञानी व्यक्तिको रूपमा देखें । इब्ने वहबले भनेका छन्: मैले इमाम मलिकलाई भन्दै गरेको सुनेको छु: ज्ञानको पाखण्डले मानिसको हृदयबाट ज्ञानको ज्योतिलाई हटाउँछ ।

التصنيفات

अघिल्ला नबी र रसूलहरू (अलैहिमुस्सलाम), शब्दहरूको अर्थ र यसबाट नियम निकाल्ने तरिका