दुआ (प्रार्थना) नै उपासना हो

दुआ (प्रार्थना) नै उपासना हो

नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "दुआ (प्रार्थना) नै उपासना हो ।" त्यसपछि उहाँले यो श्लोक पढ्नुभयो : "तिम्रो प्रभुले भन्नुभएको छ: मलाई पुकार, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, मेरो उपासनादेखि विमुख हुनेहरू चाँडै अपमानित हुनेछन् र नरकमा प्रवेश गर्नेछन् ।" [सूह गाफिर: ६०]

[सही] [इब्ने माजहले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) उपासना हो भनेर भन्नु भएको छ । तसर्थ, दुआ (प्रार्थना) केवल अल्लाहको लागि हुनुपर्छ । चाहे त्यो सामान्य दुआ (प्रार्थना) होस्, जस्तैः अल्लाहसँग संसार र परलोकमा भएभरको लाभदायक कुराको लागि प्रार्थना गर्नु तथा हानिकारक चीजबाट सुरक्षा खोज्नु । वा उपासनामा आधारित प्रार्थना होस्, जस्तैः अल्लाहले मनपराउने हरेक बाह्य तथा आन्तरिक वाचन, कर्महरू; यसमा आध्यात्मिक, भौतिक र आर्थिक सबै उपासनाहरू समावेश छन् । तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यसको प्रमाण प्रस्तुत गर्दै भन्नुभयो: अल्लाह भन्नुहुन्छ: "मसँग प्रार्थना गर, म तिम्रो प्रार्थना स्वीकार गर्नेछु । निस्सन्देह, जसले मेरो उपासना गर्दैन, तिनीहरू छिट्टै अपमानित हुन्छन् र नरकमा प्रवेश गर्नेछन् ।"

فوائد الحديث

दुआ उपासनाको मुख्य रूप हो, त्यसैले अल्लाह बाहेक अरू कसैसित दुआ माग्नु अनुमति छैन ।

दुआमा दासताको वास्तविकता, अल्लाह निरपेक्ष र शक्तिशाली हुनुहुन्छ भन्ने कुराको पहिचान र उहाँप्रति सेवकको समर्पण समावेश छ ।

अल्लाहको उपासना र उहाँसंग प्रार्थना नगर्ने अहंकारीहरूका लागि कडा चेतावनी । तिनीहरु अपमानित भएर नर्कमा प्रवेश गर्नेछन् ।

التصنيفات

दुआका सद्गुणहरू