रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्बतुल-हाजह

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्बतुल-हाजह

अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्,: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खुत्बतुल-हाजह सिकाउनु भयो, जुन निम्नलिखित छ : इन्नल हमद लिल्लाहि, नस्तईनुहु व नस्ताग्फिरुहु, व नऊजूबिहि मिन शुरुरि अन्फुसिना, मै यह्दिल्लाहु फला मुजिल्ल लहु, व मै युज्लिल फ्ला हादिया लहु, व अश्ह्दु अल्ला इलाह इल्लल्लाहु, व अश्ह्दु अन्न मुहम्मदन अब्दुहू व रसुलुहु । अर्थात "वास्तवमा, सम्पूर्ण प्रशंसाहरू अल्लाहका लागि हुन्, हामी उहाँको प्रशंसा गर्छौं, हामी उहाँको सहायता र क्षमा खोज्छौं, हामी आफ्नो खराबीहरूबाट उहाँमा शरण खोज्छौं । अल्लाहले जसलाई मार्गदर्शन गर्नुहुन्छ, उसलाई कसैले भ्रममा पार्न सक्दैनन् र उहाँले जसलाई पथभ्रष्ट गर्नुहुन्छ, उसलाई कसैले मार्गदर्शण गर्कन सक्दैनन् । म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र म गवाही दिन्छु मुहम्मद उहाँका सेवक र दूत हुनुहुन्छ । {हे मानवहरू हो ! तिमीहरू आफ्ना पालनकर्तासँग डराऊ, जसले तिमीहरूलाई एक व्यक्तिबाट सृष्टि गर्नुभयो र त्यसबाट उनको जोडीलाई सृष्टि गर्नुभयो । तिनीहरूबाट धेरै पुरुष र स्त्रीहरू फैलाउनुभयो । त्यस अल्लाहसँग डराऊ, जसको नामले तिमीहरू एकार्कासँग सहयोग माग्दछौ । नातागोता तोड्ने काम नगर । निस्सन्देह अल्लाह तिमीहरूका निरीक्षक हुनुहुन्छ} [अन-निसा: १], {हे आस्थावानहरू! अल्लाहसँग जसरी डराउनुपर्छ, त्यसरी नै डराऊ र इस्लामकै अवस्थामा तिमीहरूको मृत्यु होस्} [आलि इमरान: १०२], {हे आस्थावानहरू हो, अल्लाहसँग डराउ र धार्मिकताका वचनहरू बोल । उहाँले तिमीहरूका कर्महरू सुधार्नुहुनेछ र तिमीहरूका पापहरू क्षमा गरिदिनुहुनेछ र जसले अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्छ उसले ठूलो सफलता हासिल गर्यो ।'' [अल-अहजाब: ७० -७१] ।

[सही] [इब्ने माजहले वर्णन गरेका छन्]

الشرح

अब्दुल्लाह बिन मसउद् (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीहरूलाई खुत्ब-ए-हाजत सिकाउनुभयो । खुत्ब-ए-हाजत भनेको ती शब्दहरूलाई जनाउँछ, जुन उपदेश, भाषण र महत्त्वपूर्ण कार्यहरूको सुरुमा भनिन्छ, जस्तै खुत्ब-ए-निकाह र खुत्ब-ए-जुमा र अन्य । यस उपदेशमा धेरै महत्वपूर्ण कुराहरू छन्, जस्तै अल्लाह हरेक प्रकारको प्रशंसाको हकदार हुनुहुन्छ, उहाँबाट मात्र सहायता र क्षमा माग्नु, उहाँको कुनै साझेदार छैन, पापहरूलाई ढाक्न र क्षमा गर्न उहाँसंग बिन्ती गर्नु, आत्म र अन्य सबै खराबीहरूबाट उहाँसँग शरण खोज्नु आदि । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, हिदायत (मार्गदर्शन) अल्लाहको हात मा छ, उहाँले जसलाई मार्गनिर्देशन गर्नुहुन्छ, उसलाई कसैले पथभ्रष्ट गर्न सक्दैन र जसलाई उहाँले पथभ्रष्ट पार्नुहुन्छ, उसलाई कसैले मार्गनिर्देशन गर्न सक्दैन । त्यसपछि उहाँले तौहीदको गवाही; अल्लाह बाहेक उपासना योग्य कोही छैन उल्लेख गर्नुभयो । साथै उहाँले रिसालतको गवाही; मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) उहाँका सेवक र दूत हुनुहुन्छ उल्लेख गर्नुभयो । त्यसपछि खुत्बा (प्रवचन) लाई तीनवटा पदहरूद्वारा समाप्त गरिएको छ, जसमा अल्लाहको खुशी प्राप्त गर्नको लागि उहाँसँग डराउन, उहाँको आदेशको पालना गर्न र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहन आदेश दिइएको छ । जसले यो गर्छ, उसको कर्म र वचन सच्चाइन्छ, उसको पाप धोइन्छ, उसले संसारमा सुखमय जीवन र परलोकमा स्वर्ग प्राप्त गर्दछ ।

فوائد الحديث

निकाह र जुम्मा आदिको उपदेश यसै खुत्बा (उपदेश) बाट सुरु गर्नु मुस्तहब हो ।

खुत्बा (उपदेश) मा अल्लाहको प्रशंसा, दुवै गवाही र केही कुर्आनका श्लोकहरू समावेश हुनुपर्छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना साथीहरूलाई धर्मको सबै आवश्यक कुराहरू सिकाउनुभयो ।

التصنيفات

विवाहका प्रावधान र शर्तहरू