होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले…

होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ

मिकदाम बिन माअ्दिकरिब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "होसियार! सम्भव छ कि एक व्यक्ति आफ्नो अडेसदार आसनमा अडेस लगाएर विराजमान हुनेछ,र मेरो हदीस ऊ समक्ष पुग्नेछ र उसले भन्नेछ: हामी र तपाईं बीच (निर्णयको मामिलामा) केवल अल्लाहको किताब छ । हामीले यसमा जे कुरा वैध पाउनेछौं, त्यसलाई हामी वैध मान्नेछौं र जे निषेधित पाउँनेछौं, त्यसलाई निषेध मान्नेछौं । यद्यपि, निस्सन्देह, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेध गर्नुभएको कुरा पनि त्यसरी नै हराम (वर्जित) छ जसरी अल्लाहले हराम गर्नुभएको छ ।

[सही] [इब्ने माजहले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भन्नुभएको छ : यस्तो समय चाँडै नै आउने छ, जब यस्ता व्यक्तिहरू देखा पर्नेछन्, जसमध्ये एक आफ्नो ओछ्यानमा बसेको हुन्छ र उसलाई नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित हदीसको बारेमा सूचित गरिनेछ, तर उसले भन्‍नेछ: हामी र तिमीहरूका बीचमा फरक पार्ने कुरा पवित्र कुरआन हो, यो हाम्रो लागि पर्याप्त छ । हामीले यसमा जे वैध पाउँछौं त्यसैको अनुसरण गर्नेछौं र जे निषेधित छ, हामी त्यसबाट टाढा रहनेछौं । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट गर्नुभयो किय, उहाँको (हदीस) सुन्नतमा हराम वा निषेध गरेको सबै कुराहरू अल्लाहले आफ्नो पुस्तकमा निषेध गरे जस्तै नियममा छन् । किनभने उहाँ आफ्नो पालनकर्ताको दूत हुनुहुन्छ।

فوائد الحديث

यस हदीस बाट प्रस्त हुन्छ कि सुन्नतको (हदीस) सम्मान त्यसरी नै गर्नुपर्छ जसरी कुरानको सम्मान गरिन्छ र कुरानको पालना झैं सुन्नतको पनि पालना गर्नुपर्छ।

रसूल (सन्देशवाहक) को आज्ञापालन वास्तवमा अल्लाहको आज्ञाकारिता हो र उहाँको अवज्ञा गर्नु वास्तवमा अल्लाहको अवज्ञा गर्नु हो।

यस बाट हदीसको वैधानिकता प्रमाणित हुन्छ र यसमा हदीसलाई इन्कार वा अस्वीकार गर्ने व्यक्तिको खण्डन गरिएको छ।

जसले सुन्नतलाई अस्वीकार गर्छ र केवल कुरआनलाई मात्र पालन गर्ने दाबी गर्छ, ऊ वास्तवमा कुरान र हदीस दुवैको अनुपालन बाट विचलित हुन्छ र कुरआनको पालना गर्ने भन्ने आफ्नो दाबीमा झूटो छ ।

पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका सच्चा रसूल हुन् भन्ने कुराको एक प्रमाण के हो भने उहाँले भविष्यमा हुने केही घटनाहरूको बारेमा भविष्यवाणी गर्नुभएको थियो र त्यो जस्ताको त्यस्तै भयो ।

التصنيفات

सुन्नतको महत्व र स्थान, नुबूव्वत, बर्जखको जीवन