إعدادات العرض
अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष
अब्दुल्लाह बिन अम्र बिन आस (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मैले भन्दै गरेको सुनें : "अल्लाहले आकाशहरू र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले नै प्राणीहरूको भाग्य लेखिदिनुभएक थिए।" उहाँले भन्नुभयो: र त्यस समय वहाँको अर्श (आसन) पानी माथि थियो ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Bosanski සිංහල हिन्दी Tiếng Việt Kurdî Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Wolof Soomaali Tagalog Français Azərbaycan Українська Bambara தமிழ் Deutsch ქართული Português Македонски فارسی Magyar Русский 中文 ភាសាខ្មែរ አማርኛ Malagasy Oromoo ไทย da मराठी ਪੰਜਾਬੀالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि अल्लाहले आकाश र पृथ्वी सृष्टि गर्नुभन्दा पचास हजार वर्ष पहिले सबै प्राणीहरूको जीवन, मृत्यु र जीविकोपार्जन आदि इत्यादि बारे विस्तृत रूपमा लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नु भएको थियो । यी सबै कुरा अल्लाहको इच्छा र आदेश अनुसार घटित हुनेछन्। त्यसैले (यो संसारमा) जेजसो भैरहेको छ, त्यो अल्लाह तआलाको इच्छा र निर्णयअनुसार भईरहेको छ । त्यसैले भक्तले जुन दु:ख र कष्ट भोग्दछ, त्यो उसित हुने नै थियो र जसबाट जोगिन्छ भनी लेखिएको छ त्यो उसित कहिल्यै हुने छैन।فوائد الحديث
भाग्य र अल्लाहको निर्णय प्रति विश्वास गर्नु अनिवार्य छ ।
तकदीर (भाग्य) प्रति आस्था राख्नु भनेको अल्लाहलाई सबै कुराको सर्वज मान्नु, र उहाँले यी कुराहरू लौहुल-महफूज (सुरक्षित पाटी) मा लेख्नुभएको छ, र संसारमा जे पनि भइरहेको छ अल्लाहको इच्छाले भइरहेको छ र उहाँले नै रचना पनि गर्नुहुन्छ भन्ने आस्थामा विश्वास राख्नु हो।
आकाश र पृथ्वीको सृष्टि हुनुअघि नै भाग्य लेखिएको हो भन्ने आस्थामा विश्वासले मानिसमा सन्तुष्टि र समर्पणको भावना जगाउँछ।
आकाश र पृथ्वीको सृष्टि हुनु अघि अल्लाहको अर्श (आसन) पानी माथि थियो ।
التصنيفات
कजा व कद्र (भाग्य) का श्रेणीहरू