إعدادات العرض
न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै…
न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले सोधे: हे अल्लाहको रसूल! न्यायको दिन हजुरको शिफाअत (मध्यस्थता) को बढी हकदार कुन भाग्यमानी मान्छे हुनेछ ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “हे अबू हुरैरा! "हदीस"को लागि तिम्रो चासो देखेर, तिमी भन्दा पहिले यो कसैले सोध्ने छैन भन्ने मलाई लागेको थियो । न्यायको दिनमा, मेरो शिफाअत (सिफारिस) को बढी हकदार त्यो व्यक्ति हुनेछ, जसले आफ्नो हृदय वा आत्माबाट नै इमान्दारीपूर्वक "ला इलाहा इल्लल्लाह" को गवाही दिन्छ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Tiếng Việt Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە සිංහල தமிழ் ไทย دری Български Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська bm km rn ქართული Македонски Српски Lingalaالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, न्यायको दिन, उहाँको सिफारिसको हकदार त्यो व्यक्ति हुनेछ जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक "ला इला-ह इल्लाल्लाह" को गवाही दिन्छ, अर्थात अल्लाह बाहेक कोही सत्य पूज्य छैन र ऊ शिर्क (बहुदेववाद) र रिया (देखावटी भक्ति) जस्ता कुराहरूबाट सुरक्षित हुन्छ ।فوائد الحديث
यस हदीस बाट प्रमाणित हुन्छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई परलोकमा मध्यस्थता को अधिकार दिईने छ र केवल एकेश्वरवादीहरुलाई उहाँको सिफारिस प्राप्त हुनेछ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) को मध्यस्थता अर्थात्( कुकर्म गर्ने कारणले) नर्क जान बाध्य भएका एकेश्वरवादीहरूलाई नर्कमा प्रवेश नगराउने र नर्कमा प्रवेश गरिसकेकालाई नरकबाट बाहिर निकाल्ने सिफारिस हो ।
यस हदीस बाट अल्लाहको लागि विशुद्ध रूपमा "ला इलाहा इल्लल्लाह" को वचन दिनू को उत्कृष्टता र यसको ठूलो प्रभाव प्रष्ट हुन्छ।
"कलिम-ए-तौहीद" ("ला इलाहा इल्लल्लाह" ) लाई पूर्ण रूपमा स्वीकार गर्नु भनेको यसको अर्थ जान्नु र सोही अनुसार कर्म गर्नु हो ।
यस हदीस बाट अबू-हुरैरह (रजियल्लाहु अन्हु) को उत्कृष्टता र ज्ञान को लागी उनको उत्सुकता पनि स्पष्ट हुन्छ ।
التصنيفات
ताैहीद उलूहियत