إعدادات العرض
एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न…
एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "एक मुस्लिमको अर्को मुस्लिममाथि पाँच अधिकारहरू छन्; सलाम (अभिवादन) को जवाफ फर्काउने, बिरामीलाई (हालखबर लिन) भेट्न जाने, जनाजा (अन्त्येष्टि) मा सहभागी हुने, निमन्त्रणा स्वीकार गर्ने र हाछ्युँ गर्नेलाई जवाफ1 दिने ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Français ئۇيغۇرچە Kurdî Hausa Português മലയാളം తెలుగు Kiswahili မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands සිංහල தமிழ் دری Български Fulfulde Magyar ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda тоҷикӣ O‘zbek Akan Moore Azərbaycan Wolof Oromoo Soomaali Українська km bm rn ქართული Македонски Српски Ελληνικά አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमको अर्को मुस्लिमप्रति हुने केही अधिकारहरूको व्याख्या गर्नु भयो । पहिलो अधिकार : सलाम गर्ने व्यक्तिको सलामको जवाफ दिनु हो। दोस्रो अधिकार : बिरामीलाई भेट्नु र उसको स्वास्थ्य अवस्था जान्नु हो। तेस्रो अधिकार: अन्त्येष्टिक्रिया को लागि मृतकलाई उसको घरबाट जनाजा पढ्ने ठाउँ हुदै चिहानसम्म लैजानु र चिहानमा नपुरिए सम्म नफर्किनु । चौथो अधिकार: निमन्त्रणा स्वीकार गर्ने, जस्तैः वलीमा (विवाह भोज) आदिको निमन्त्रणा स्वीकार गर्ने हो। पाँचौं अधिकार: हाछ्युँको जवाफ दिनु । अर्थात्, जब कुनै व्यक्तिले हाछ्युँ गर्दा ‘अल-हम्दु लिल्लाह’ भन्छ, तब जवाफमा उसले ‘यर-हमुकल्लाह’ भन्नुपर्छ, जसको जवाफमा हाछ्युँ गर्ने व्यक्तिले ‘यहदीकुमुल्लाह व युस्लिहु बालकुम’ भन्नुपर्छ ।فوائد الحديث
यस हदीस बाट मुस्लिमहरूको पारस्परिक हक अधिकारलाई सुनिश्चित गर्न र तिनीहरू बीच भाइचारालाई सुदृढ बनाउन र एकआपसमा प्रेम सिर्जना गर्नमा इस्लामको महानता को पुष्टि हुन्छ ।