जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी…

जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।

अबू हौरा सअदी (रहिमहुल्लाह) द्वारा वर्णन छ: मैले हसन बिन अली (रजियल्लाहु अनहुमा) सित सोधेँ: तपाईँले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को के कुरा याद राख्नु भएको छ ? उहाँले भन्नुभयो : मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित यो याद राखेको छु : "जुन कुराले तिमीलाई शंकामा हाल्छ त्यो कुरा छोडेर त्यसलाई अपनाउनुपर्छ जसमा तिमी शंकामा पर्दैनौ । किनभने इमानदारी भनेको ढुक्क हुनु हो र झूट भनेको शंका हो।"

[सही]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस्ता कथन र कर्महरूबाट टाढा रहने आदेश दिनु भएको छ जसका बारेमा शंका लाग्छ, निषेधित छन् कि छैनन् ? हलाल हुन् वा हराम ? जबसम्म तिनीहरूको बारेमा कुनै शंका छैन । यस्तो कुरा अपनाउनु पर्छ जसको बारेमा तपाई यो राम्रो हो र हलाल हो भनेर निश्चित हुनुहुन्छ । किनकि हृदय यिनीहरूबाट ढुक्क रहन्छ र शान्त हुन्छ र जुन कुरामा शंका छ त्यसले हृदयलाई चिन्तित र विचलित बनाउँछ ।

فوائد الحديث

एउटा मुस्लिमका आफ्ना मामिलाहरू निश्चिततामा आधारित हुनु पर्छ र शंकास्पदहरूलाई त्यागिनु पर्छ र उसको आफ्नो धर्ममा अन्तरदृष्टिमा आधारित हुनु पर्छ ।

शंकामा पर्नबाट मनाहि ।

यदि तपाईं ढुक्क र आनन्दित हुन चाहनुहुन्छ भने, शंका भएका कुराहरू छोड्नु होस् र त्यसलाई एक पट्टीबाट मिल्काइ दिनु होस् ।

अल्लाह तआला आफ्ना भक्तहरू प्रति कृपालु र दयालु हुनु हुन्छ । यस प्रकार कि उहाँले मानिसहरूलाई यस्ता कामहरू गर्ने आदेश दिनु भएको छ जसबाट मन र आत्मालाई शान्ति मिल्छ र यस्ता कामहरूबाट रोक्नु भएको छ जसमा छट्पटी र व्याकुलता हुन्छ ।

التصنيفات

तआरुज र तर्जीह (मतभेद र प्राथमिकता)