إعدادات العرض
आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।
आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "आफ्ना घरहरूलाई चिहान नबनाउ, किनकि शैतान त्यो घरबाट भाग्छ जहाँ सुरह बकरह पढिन्छ ।"
[सही] [मुस्लिमले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو 中文 हिन्दी বাংলা Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands ئۇيغۇرچە Hausa دری Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių Malagasy Română Kinyarwanda Српски Soomaali Moore Українська Български Tagalog Wolof Azərbaycan ქართული тоҷикӣالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूमा नमाज पढ्न प्रेरित गर्नुभयो, नत्र ती घरहरू चिहानहरू जस्तै बन्नेछन्, जसमा कसैले प्रार्थना गर्दैन । "त्यसपछि उहाँले भन्नुभयो, वास्तवमा शैतान त्यो घरबाट भाग्छ जहाँ सुरा बकरह पढिन्छ ।"فوائد الحديث
घरमा इबादतहरूको संख्या बढाउने र नफिल नमाज पढ्ने कुराको प्रोत्साहन गरिएको छ।
कब्रिस्तान (चिहान) मा नमाज पढ्न पाइँदैन । किनभने यो शिर्क, पाखण्ड र चिहानमा गाडिएका मानिसहरूको बारेमा गुलु (बढाइचढाइ) को माध्यम हो ,तर जनाजा (अन्त्येष्टि) को नमाज बाहेक ।
कब्रिस्तान (चिहान) नजिक नमाज पढ्न निषेध गरिएको तथ्य सहाबहरू बीच स्थापित भएको हुनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घरहरूलाई चिहान जस्तो नबनाउन आदेश दिनु भयो जहाँ नमाज पढिदैन ।
التصنيفات
सूरह र आयातहरुको सद्गुण