सबै कुरा (अल्लाहको नियुक्त) नियति अनुसार हुन्छ, (केही) गर्न नसक्ने र गर्न सकिने पनि।" वा उहाँले भन्नुभयो कि गर्न…

सबै कुरा (अल्लाहको नियुक्त) नियति अनुसार हुन्छ, (केही) गर्न नसक्ने र गर्न सकिने पनि।" वा उहाँले भन्नुभयो कि गर्न सकिने र नगर्न सकिने पनि ।

ताउसले वर्णन गरेका छन् : मैले अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का केही साथी (सहाबा) हरूलाई भेट्टाएँ जो सबै कुरा भाग्य अनुसार घटित हुन्छ भन्ने गर्थे । मैले अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) लाई यसो भन्दै गरेको सुनेको छु, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : “ "सबै कुरा (अल्लाहको नियुक्त) नियति अनुसार हुन्छ, (केही) गर्न नसक्ने र गर्न सकिने पनि।" वा उहाँले भन्नुभयो कि गर्न सकिने र नगर्न सकिने पनि ।

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबै कुरा भाग्यमा लेखिएको अनुसार हुन्छ; यहाँसम्म असक्षमता पनि, अर्थात् अनिवार्य कुरालाई त्याग्नु एवं ढिलाइ गर्नु र लोक परलोक सँग सम्बन्धित महत्त्वपूर्ण कार्यहरूलाई बेवास्ता गर्नु । सक्षमता पनि, अर्थात् सांसारिक र परलोकको मामिलामा सक्रिय र कुशल हुनु । अल्लाहले असक्षमता र क्षमता र त्यस्ता सबै कुरा भाग्यमा लेखेका छन् । संसारमा जुनसुकै घटना घट्छ, त्यो अल्लाहको ज्ञान र मनसायले हुन्छ ।

فوائد الحديث

यसमा भाग्यको बारेमा सहाबा (उहाँका साथी) हरूको आस्थाको व्याख्या छ।

सबै कुरा अल्लाह द्वारा लेखिएको भाग्य अनुसार घटित हुन्छ, यहाँसम्म अक्षमता र क्षमता पनि ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हदीसहरू वर्णन गर्दा सहाबहरूको सावधानी र सतर्कता ।

राम्रो र नराम्रो, हरेक प्रकारको भाग्यमा विश्वासको वर्णन छ।

التصنيفات

भाग्यमाथि ईमान, कजा व कद्र (भाग्य) का श्रेणीहरू