तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा…

तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ: अह्ले किताब (यहुदी र ईसाईहरू) हिब्रूमा तौरात आफैं पढेर मुस्लिमहरूका लागि अरबीमा व्याख्या गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं ।” [अल- बकरह: १३६]

[सही] [बुखारीले वर्णन गरेका छन्]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई अह्ले किताब (यहुदी र ईसाईहरू) ले आफ्ना पुस्तकहरूबाट बयान गर्ने कुराहरूबाट धोका नखान सचेत गर्नु भएको छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यहूदीहरूले हिब्रू भाषामा तौरात पढ्थे, जुन यहूदीहरूको भाषा हो र त्यसपछि अरबीमा व्याख्या गर्ने गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “अह्ले किताब (यहुदी र ईसाईहरू)को कुरामा न त विश्वास गर, न त उनीहरूलाई झुटा ठहर्‍याऊ, तर यो कुरा त्यस्ता विषयहरूका लागि हो, जहाँ सत्य र असत्य छुट्याउन सकिँदैन। किनभने अल्लाहले हामीलाई कुर्आन र अहले-ए-किताबका पुस्तकहरूमा विश्वास गर्न आदेश दिनुभएको छ, तर, हाम्रो लागि ती अह्ले-किताबका किताबहरूमा लेखिएका कुरा सत्य हो कि असत्य, छुट्याउन सम्भव छैन, जबसम्म हाम्रो शरीयतले त्यसको सत्यता वा असत्यता स्पष्ट पार्ने प्रमाण दिदैन। त्यसैले हामीले ती कुराहरू प्रति कुनै धारणा राख्दैनौं, र हामीले न त उनीहरूलाई सत्य नै मान्छौं, ताकि तिनीहरूले गरेको हेरफेरमा साझेदार नहोऔं र हामी उनीहरूलाई झुटो पनि भन्दैनौँ, किनभने त्यो कुरा सत्य पनि हुन सक्छ, र यदि हामीले त्यसलाई अस्वीकार गर्‍यौँ भने हामीलाई विश्वास गर्न आदेश दिइएको कुराको हामीले खण्डन गरेको हुनेछौं। बरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई निम्न भन्न आदेश दिनुभयो : “हामीले अल्लाहमाथि ईमान ल्यायौं र त्यस (ग्रन्थ) माथि जुन हामीतिर अवतरण गरियो र त्यसमाथि पनि जुन इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरण गरियो अनि जुन मोसेस एवं ईसालाई प्रदान गरियो तथा जुन अन्य सन्देष्टाहरूलाई उनका ‘रब(पालनकर्ता)’ को तर्फबाट प्रदान गरियो । हामी यिनीहरूबीच कुनै विभेद गर्दैनौं । र, हामी उनै (अल्लाह) को आज्ञाकारी हौं ।” {कुरआनः अल्-बकरह : १३६}

فوائد الحديث

अह्ले किताब (यहुदी र ईसाईहरू) ले बयान गर्ने कुराहरूलाई तीन भागमा विभाजन गरिएको छ :पहिलो, जुन कुरा कुर्आन र हदीस अनुसार छ, त्यसलाई सत्य मानिन्छ, दोस्रो, जुन कुरा कुर्आन र हदीस विरुद्ध छ, त्यसलाई असत्य ठहराइन्छ, र तेस्रो, जुन कुराको सत्यता वा असत्यता साबित गर्न कुर्आन र हदीसमा कुनै प्रमाण छैन, त्यसलाई मात्र उल्लेख गरिन्छ, न त त्यसलाई सत्य मानिन्छ, न झुटो ठहराइन्छ। ।

التصنيفات

Rules and Principles of Exegesis, Pre-Islamic Scriptures