إعدادات العرض
नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो:…
नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर पैगम्बर र दूतहरू बाहेक।
अनस (रजियल्लाहु अन्हु)ले वर्णन गरेका छन्, उनी भन्छन्: नबी (सलल्लाहु अलैहि वसल्लम)ले अबू बकर र उमरलाई भन्नुभयो: यी दुई जना (अबू बकर र उमर) पहिलो र अन्तिम पुस्ताका स्वर्गका अधबैंसेहरूको सरदार हुन्, तर पैगम्बर र दूतहरू बाहेक।
[सही] [तिर्मीजीले वर्णन गरेका छन्]
الترجمة
العربية Bosanski English فارسی Français Русский 中文 हिन्दी ئۇيغۇرچە Bahasa Indonesia اردو Hausa Kurdî Português Nederlands Tiếng Việt অসমীয়া ગુજરાતી Kiswahili پښتو සිංහල Tagalog മലയാളം Magyar ქართული తెలుగు Македонски Svenska Moore Română Українська ไทย मराठी ਪੰਜਾਬੀ دری Türkçe አማርኛ বাংলাالشرح
नबी (सलल्लाहु अलैहि वसल्लम)ले जानकारी दिनुभयो कि अबू बकर अल-सिद्दीक र उमर अल-फारूक (रजियल्लाहु अन्हुमा) पैगम्बरहरूपछि सबै मानिसहरूभन्दा उत्कृष्ट हुन्, र पैगम्बरहरू र दूतहरूपछि स्वर्ग प्रवेश गर्ने सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।فوائد الحديث
अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) पैगम्बर र दूतहरूपछि सबैभन्दा उत्कृष्ट व्यक्ति हुन्।
स्वर्गमा कुनै अधबैंसे हुने छैनन्, किनकि स्वर्ग प्रवेश गर्ने सबै व्यक्ति ३३ वर्षको उमेरमा हुनेछन्। यसको अर्थ यो हो कि अबू बकर र उमर (रजियल्लाहु अन्हुमा) संसारमा अधबैंसे अवस्थामा निधन गरेका मानिसहरूका सरदार हुन्। वा यो कुरा त्यस समयमा उनीहरूको संसारमा रहेको अवस्था अनुसार उल्लेख गरिएको हो।