إعدادات العرض
जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।
जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो, एक व्यक्ति आफ्नो बहादुरी प्रदर्शन गर्न लड्छ, अर्को महिमाको लागि लड्छ र एक व्यक्ति रियाकारी (देखावटी) को लागि लड्छ, तिनीहरूमध्ये कुन व्यक्ति अल्लाहको मार्गमा छ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जो अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्छ, केवल ऊ मात्र अल्लाहको मार्गमा हुन्छ ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Bahasa Indonesia Tagalog Türkçe اردو 中文 हिन्दी Français ئۇيغۇرچە Hausa Português Kurdî മലയാളം Kiswahili සිංහල Русский دری Svenska አማርኛ অসমীয়া ไทย Tiếng Việt Кыргызча Yorùbá ગુજરાતી Malagasy Oromoo Română Nederlands Soomaali پښتو తెలుగు Kinyarwanda ಕನ್ನಡ Српски Wolof Mooreالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई विभिन्न उद्देश्यहरू बोकेर लड्नेहरू बारे सोधिएको थियो, कसैले बहादुरी प्रदर्शन गर्न लड्छ, कसैले महिमाको लागि लड्छ र कोही रियाकारी (देखावती) को लागि लड्छ, तिनीहरूमध्ये कुन व्यक्ति अल्लाहको मार्गमा छ? जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्ने व्यक्ति केवल अल्लाहको मार्गमा हो ।فوائد الحديث
कर्म सही वा गलत हुने आधारभूत सिद्धान्त भनेको मानिसको नीयत र इमानदारीमा निर्भर हुन्छ ।
जिहादको उद्देश्य अल्लाहको वचनलाई उच्च पार्ने हो र यसमा अर्को वैध लक्ष्य जस्तै गनीमत (युद्धमा प्राप्त धनसम्पत्ति) पनि जोडिएको छ भने यसले मूल उद्देश्यलाई असर गर्दैन ।
मातृभूमि र इज्जतको रक्षाको लागि शत्रुहरूसँग लड्नु पनि अल्लाहको मार्गमा जिहाद हो ।
मुजाहिदीन (योद्धा) को बारेमा उल्लेख सद्गुण केवल अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्नेहरूका लागि हुन् ।
التصنيفات
जिहादको शिष्टाचार