तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।

तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।

अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्ने व्यक्तिलाई मुअज्जिनलाई जवाफ दिन प्रोत्साहित गर्नुभएको छ। जवाफ दिने क्रममा मुअज्जिनले बोलेका प्रत्येक वाक्यलाई हामीले पनि एक-एक गरी दोहोर्याउनुपर्छ। जब उसले तकबीर भन्छ तब हामीले तकबीर भन्नु पर्नेहुन्छ । जब उसले ‘अश्ह्दु अल्ला इलाह इल्लल्लाह’ र ‘अश्ह्दु अन्न मुहम्मदर्रसूलुल्लाह’ भनेर दुबै गवाही दिन्छ, हामीले पनि त्यसपछि दुबै गवाही भन्नु पर्नेहुन्छ । तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भनिनेछ ।

فوائد الحديث

एकभन्दा बढी मुअज्जिन भएमा पहिलो मुअज्जिनको अजान समाप्त भएपछि अर्को मुअज्जिनको जवाफ दिइनेछ । किनभने हदीसका शब्दहरूको व्यापक अर्थले यसलाई दर्शाउछ ।

शौच गर्ने अवस्था बाहेक हरेक परिस्थितिहरूमा मुअज्जिनलाई जवाफ दिनुपर्छ ।

التصنيفات

अजान र इकामत