إعدادات العرض
मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येकले सोचेर मात्र मित्रता गर्नु।
मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येकले सोचेर मात्र मित्रता गर्नु।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : ""मानिस आफ्नो साथीको मार्गमा हुन्छ , त्यसैले प्रत्येकले सोचेर मात्र मित्रता गर्नु।"
[हसन] [अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्]
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी Hausa Kurdî Kiswahili Português සිංහල অসমীয়া ગુજરાતી Tiếng Việt Nederlands Soomaali پښتو Svenska മലയാളം Кыргызча Română తెలుగు ಕನ್ನಡ Српски ქართული Moore Kinyarwanda Magyar Македонски Čeština Lietuvių Українська Wolof አማርኛ Azərbaycan Malagasy Oromooالشرح
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो निष्कपट मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताले नैतिकता, व्यवहार र कार्यहरूमा असर गर्छ । त्यसैले उहाँले असल साथी छनोट गर्न निर्देशन गर्नुभएको छ; किनभने यसले आफ्नो साथीलाई ईमान, मार्गदर्शन र भलाइको काममा मद्दत गर्दछ ।فوائد الحديث
असल मानिसको संगत गर्ने र उनीहरुलाई छनोट गर्ने आदेश र खराब मानिसको संगत गर्न निषेध ।
उहाँले आफन्तको सट्टा साथी रोज्नु भन्नुभएको छ; किनकि साथी रोज्न मानिसको हातमा छ, तर दाजुभाइ र आफन्तलाई रोज्ने अधिकार हामीसँग हुँदैन ।
सोच र चाहनाले मात्र साथी रोज्न सकिन्छ ।
एक व्यक्तिले आस्थावानको संगतमा आफ्नो धर्मलाई बलियो बनाउँछ र पापीहरूको संगतमा कमजोर बनाउँछ ।