(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले…

(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।

अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"

[सही] [मुत्तफकुन अलैहि]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि आगामी दिनहरूमा मुस्लिमहरूको शासकहरू स्वार्थपरायण हुनेछन्। उनीहरूले मुस्लिमहरूको सम्पत्ति आफ्नो इच्छा अनुसार खर्च गर्नेछन् र मुस्लिमहरूलाई तिनका अधिकारहरूबाट वञ्चित गर्नेछन्। त्यसैगरी, उनीहरूले धर्मको नाममा यस्ता कार्यहरू गर्नेछन्, जसलाई तिमीहरूले अस्वीकार गर्नेछौ। तब उहाँका साथीहरूले सोधे: त्यस्तो अवस्थामा उनीहरूले के गर्नुपर्छ? तब रसुल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनुभयो कि ती शासकहरुले तिमीहरूको सम्पत्तिमा अधिकार जमाउने कारणले तिमीहरूलाई उनीहरुप्रति गर्नुपर्ने आज्ञाकारिता र पालन जस्तो कर्तव्य पुरा गर्नबाट नरोकोस्। बरु धैर्य राख्नु, सुन्ने र मान्ने कर्तव्य पूरा गर्नु, र उनीहरूसँग अधिकारका लागि विवाद नगर्नु। अल्लाहसँग आफ्नो हक माग्नु, र दुआ गर्नु कि अल्लाहले उनीहरूमा सुधार ल्याइदिउन् र उनीहरूको दुष्टता र अन्याय हटाइदिऊन।

فوائد الحديث

यो हदीस मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको साँचो रसूल हुन् भन्ने कुराको एक महत्वपूर्ण प्रमाण हो, किनकि उहाँले आफ्नो उम्मतमा पछि के हुनेछ भनेर बताउनुभयो र पछि ठीक त्यस्तै भयो ।

पीडित व्यक्तिलाई उसमाथि आउन सक्ने अपेक्षित विपत्तिको बारेमा जानकारी दिन अनुमति छ, ताकि ऊ त्यसको लागि तयार रहोस् र विपत्ति आएपछि पुण्यको नियतले धैर्य गरोस् ।

अल्लाहको पुस्तक र पैगम्बरको सुन्नतलाई दृढतापूर्वक पालनामा कायम रहनु नै समस्या, मतभेद र विभाजनबाट मुक्तिको बाटो हो ।

यस हदीसमा शासकहरूबाट केही दमन भइरहेको भए पनि उनीहरूविरुद्ध विद्रोह नगर्न र उनीहरूको आदेशलाई सुन्न र पालन गर्न प्रोत्साहन दिइएको छ ।

विपत्ति वा संकटको समयमा सुन्नतको पालना गर्नु र विवेकपूर्ण निर्णय लिनु अत्यावश्यक हुन्छ।

व्यक्तिले आफूमाथि भएको अन्याय र दमनको बाबजुद आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्नुपर्छ।

यो हदीसले एउटा महत्त्वपूर्ण सिद्धान्तलाई प्रमाणित गर्छ, जुन यस प्रकार छ: (कुनै विषयवस्तुमा उत्तम विकल्प उपलब्ध नहुदाँ) दुई खराबीहरूमध्ये हल्का खराबी भएको वा दुई हानिकारक चीजहरूमध्ये कम हानिकारक विकल्पलाई रोजिनेछ।

التصنيفات

इमामको कर्तव्य