त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस् ।" कसैले सोध्यो: को? हे अल्लाहको…

त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस् ।" कसैले सोध्यो: को? हे अल्लाहको रसूल । उहाँले भन्नुभयो: "जसले आफ्नो आमाबाबु दुवैलाई वा एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन ।

अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस्, त्यो व्यक्ति अपमानित होस् ।" कसैले सोध्यो: को? हे अल्लाहको रसूल । उहाँले भन्नुभयो: "जसले आफ्नो आमाबाबु दुवैलाई वा एकलाई बुढेसकालमा पाउँछ, तर (उनीहरूको सेवा गरेर) स्वर्गमा प्रवेश गर्दैन ।"

[सही] [मुस्लिमले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अपमानित होस् र उसको नाक माटोमा होस् भनेर तीन पटक श्राप दिनुभयो । सोधियो: हे अल्लाहका दूत, को हो त्यो व्यक्ति जसको लागि हजुरले श्राप दिनुभयो ? उहाँले भन्नुभयो: जसले आफ्नो आमाबाबु दुवैलाई वा एकलाई बुढेसकालमा पाउँछ, तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन; यो तिनीहरूसंग नराम्रो व्यवहार र अनाज्ञाकारिताको कारणले हो ।

فوائد الحديث

आमाबाबुको सम्मान गर्नु अनिवार्य हो, विशेष गरी तिनीहरू वृद्ध र कमजोर हुँदा । उनीहरूको सेवा जन्नतमा प्रवेश गर्ने एक कारण हो ।

आमाबाबुको अवज्ञा गर्नु ठूलो पाप हो ।

التصنيفات

आमाबुवाको आज्ञाकारिताका विशेषताहरू