إعدادات العرض
हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही…
हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन्
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्: एउटा व्यक्ति पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन् ?" भनेर तीन पटक प्रश्न सोध्नुभयो । व्यक्तिले जवाफ दियो: हो (मैले गवाही दिन्छु), उहाँले भन्नुभयो: "यो गवाहीले यी पापहरूलाई मेटाउँछ ।"
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe Bosanski සිංහල हिन्दी Tiếng Việt Kurdî Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Oromoo Wolof Soomaali Tagalog Français Azərbaycan Українська bm தமிழ் Deutsch ქართული Português Македонски Magyar فارسی Русский 中文 yao km Malagasyالشرح
एक व्यक्ति अल्लाहको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले सबै प्रकारका पापहरू गरेको छु। कुनै सानो वा ठूलो पाप मबाट छुटेको छैन। के मलाई क्षमा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: "के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुन् ?" उहाँले यो प्रश्न तीन पटक दोहोर्याउनु भयो। त्यस व्यक्तिले जवाफ दियो: हो! म यो गवाही दिन्छु । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यी दुवै गवाहीको महत्व र यसले पापहरू मेटाउँछ र पश्चात्तापले अघिल्लो सबै पापहरू पखालिन्छ भनेर जानकारी दिनुभयो ।فوائد الحديث
यो हदीसले दुवै गवाहीको महत्त्व र जसले इमानदारी र आत्मसमर्पणका साथ आफ्नो हृदयको गहिराईबाट गवाही दएको छ भने त्यसमा उसको पापहरू मेट्ने क्षमताको स्पष्टीकरण दिन्छ ।
इस्लाम स्वीकार गर्नुले विगतका पापहरू मेटाउँछ।
साँचो प्रायश्चित्तले विगतका पापहरूलाई मेटाउँछ।
तालिम र सिकाउने क्रममा धेरै पटक दोहोर्याउनु पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को तरिका हो ।
यस हदीस बाट दुबै गवाहीको महत्व र यी दुबै गवाही नर्कमा अनन्त बासबाट मुक्तिको माध्यम हुन् भन्ने कुरा स्पष्ट हुन्छ ।
التصنيفات
तौहीद (एकेश्वरवाद) का सद्गुणहरू