إعدادات العرض
मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी…
मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मेरो जलाशय (ताल) को दायरा एक महिना (यात्रा) को दूरी बराबर हुनेछ । यसको पानी दूध भन्दा सेतो र यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ र यहाँ राखिएका (पानी खाने) कचौराहरू आकाशका ताराहरू जस्तै हुनेछन् । जसले यसको पानी पिउनेछ, उसलाई कहिल्यै तिर्खा लाग्ने छैन ।"
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Español Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe Bosanski සිංහල हिन्दी Tiếng Việt Hausa മലയാളം తెలుగు Kiswahili پښتو অসমীয়া Shqip دری Ελληνικά Български Fulfulde ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски тоҷикӣ O‘zbek Moore Kurdî Wolof Soomaali Français Azərbaycan Tagalog Українська bm தமிழ் Deutsch ქართული Português Македонски Magyar فارسی Русский 中文 ភាសាខ្មែរ አማርኛ Malagasy Oromooالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कयामतको दिन उहाँलाई एउटा जलाशय (पोखरी) प्रदान गरिनेछ,जसको लम्बाइ र चौडाइ एक महिना (यात्रा)को दूरी बराबर हुनेछ । र त्यसको पानी दूध भन्दा सेतो हुनेछ । र त्यसको सुगन्ध कस्तुरी भन्दा उत्तम हुनेछ । र त्यहाँ राखिएका (पानी खाने) कचौराहरूको सङ्ख्या आकाशका ताराहरू जत्तिकै धेरै हुनेछन् । जसले ती कचौराले त्यो जलाशय (पोखरी) को पानी पिउँनेछ, उसलाई कहिल्यै तिर्खा लाग्नेछैन ।فوائد الحديث
नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रदान गरिने जलाशय भनेको वास्तवमा पानीको एक विशाल भण्डार हो, जसको पानी उहाँका मुमिन उम्मती (आस्थावान अनुयायी) हरूले न्यायको दिन पिउन सक्नेछन् ।
जसले यस जलाशय बाट पानी पिउनेछ, उसले आनन्द प्राप्त गर्ने छ र फेरि कहिल्यै तिर्खा लाग्ने छैन ।
التصنيفات
अन्तिम दिनमाथि ईमान