إعدادات العرض
अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुदायमध्ये जसले मेरो कुरा सुन्दैनन्, चाहे त्यो यहूदी होस् वा…
अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुदायमध्ये जसले मेरो कुरा सुन्दैनन्, चाहे त्यो यहूदी होस् वा ईसाई, त्यसपछि ममाथि आस्था नराखेको अवस्थामा उसको मृत्यु हुन्छ भने ऊ नर्कमा जानेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहको कसम जसको कब्जा मा मोहम्मदको जीवन छ, यस समुदायमध्ये जसले मेरो कुरा सुन्दैनन्, चाहे त्यो यहूदी होस् वा ईसाई, त्यसपछि ममाथि आस्था नराखेको अवस्थामा उसको मृत्यु हुन्छ भने ऊ नर्कमा जानेछ ।"
الترجمة
ar bs en es fa fr id ru tr ur zh hi bn ku ha pt ml te sw ta si my de ja ps vi as sq sv cs gu yo ug prs ky or rw ro lt kn nl so sr uk wo mos ka az hu tl mk am mgالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको कसम खाँदै हुनुहुन्छ, यस समुदायमध्ये यहूदी, ईसाई वा अरू कोही जसले उहाँको बारेमा सुन्छ तर उहाँमाथि विश्वास नगरी मर्छ भने ऊ सधैंभरि नरकमा हुनेछ ।فوائد الحديث
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सम्पूर्ण संसारका मानिसहरूका लागि रसूल (ईसहदूत) को रूपमा पठाइएको थियो । तसर्थ, सबैले उहाँको अनुसरण गर्नु अनिवार्य हो र उहाँको शरियतले पहिलेका सबै शरीयत (विधिविधान) हरूलाई रद्द गरेको छ ।
जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई अस्वीकार गर्छ, उसलाई अन्य ईश्दूतहरुमा विश्वास गर्ने दाबीले केही फाइदा हुने छैन ।
जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा थाहा पाएन र उहाँको आह्वान पनि उसलाई पुगेन भने ऊ अनभिज्ञ (अशक्त) ठानिन्छ र परलोकमा उसको मामिला अल्लाहको हातमा हुनेछ ।
मृत्युको केही समय अघि चाहे एकदम गम्भीर रोगले ग्रसित किन नहोस् आत्मा घाँटीमा नपुग्दासम्म इस्लाम स्वीकार गर्ने व्यक्तिलाई लाभ हुन्छ ।
यहूदी र ईसाई सहित काफिरहरूको धर्मलाई सही ठान्नु कुफ्र हो ।
यस हदीसमा यहूदी र ईसाईहरूलाई उल्लेख गरेर अन्य धर्मका अनुयायीहरूलाई चेतावनी दिइएको छ; किनभने यी दुई समुदाय ‘अह्ले-किताव’ लाई ग्रन्थहरू दिइएका थिए तैपनि यो हालत हो भने किताब नभएका अन्य समुदायको हालत के होला ? तसर्थ, सबै समुदायले इस्लाम धर्म स्वीकार्नु र उहाँको अनुसरण गर्नु अनिवार्य छ ।