إعدادات العرض
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
{ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ}
जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी भन्छन्: जब यो आयत: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (अनि त्यस दिन तिमीहरूलाई प्राप्त सुख-सामग्रीहरूको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन चीजहरूको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू मात्र छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यसो हो भने यिनै बारे हुनेछ ।"
[हसन] [तिर्मीजी र इब्ने माजहले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa తెలుగు Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം Bosanski ಕನ್ನಡ Kurdî Română Shqip Soomaali Српски Українська Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Македонски Русский bm Malagasy Oromooالشرح
जब यो आयत अवतरित भयो: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} अर्थात्, अल्लाहले दिनुभएको आशिष्हरूप्रति तिमी आभारी छौ कि छैनौ भनेर तिमीलाई सोधिनेछ, तब जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हु) ले सोधे : हे अल्लाहका रसूल! हामीलाई कुन आशिष्को (धन–सम्पत्ति, स्वास्थ्य, आँखा, कान, मुटु, दिमाग, शान्ति तथा सन्तान) बारेमा सोधिनेछ? हामीसँग दुईवटा मात्र चीज छन्; खजूर र पानी जुन सोधिने लायक छैन ! यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमी जुन अवस्थामा छौं, त्यो आफ्नो ठाउँमा छ, तैपनि आशिष्को बारेमा सोधिनेछ । किनकि यी दुबै पनि अल्लाहका दुई ठूला वरदान हुन् ।فوائد الحديث
अल्लाहको आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्ने जोड ।
अल्लाहको आशीर्वाद र वरदान चाहे सानो होस् वा ठूलो कयामतको दिन त्यसबारे सोधिनेछ ।