إعدادات العرض
हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।
सालिम बिन अबु जाअ्दले बयान गरेका छन्, एक व्यक्तिले भने : म नमाज पढेर राहत पाउन चाहन्छु । तर उनीहरूले उनको भनाइलाई नराम्रो रूपमा लिए । उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "हे बिलाल! नमाजको कायम/आह्वान गर (अजान देऊ) र यसद्वारा हामीलाई शान्ति दिऊ ।"
[सही] [अबू दाऊदले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda മലയാളം తెలుగు Bosanski ಕನ್ನಡ Kurdî Română Soomaali Shqip Српски Українська Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Русский Македонски አማርኛ Bambara Malagasy Oromoo ភាសាខ្មែរ ไทย मराठी ਪੰਜਾਬੀ Türkçe Italiano O‘zbekالشرح
एक सहाबीले भने: म नमाज पढेर राहत पाउन चाहन्छु, तब वरपरका केही मानिसहरूले उनको भनाइलाई नराम्रो ठाने । त्यसपछि उनले भने, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : ए बिलाल! नमाज लागि अजान देऊ र नमाज कायम गर, ताकि हामीले यसबाट शान्ति पाउन सकौं; किनभने नमाज मा अल्लाहसँग कुराकानी हुन्छन् र आत्मा र हृदयलाई शान्ति मिल्छ ।فوائد الحديث
नमाज मा अल्लाहसँग कुराकानी हुने भएकोले आत्मा र हृदयलाई शान्ति मिल्छ ।
उपासनालाई बेवास्ता गर्नेहरूको खण्डन ।
जसले आफ्नो कर्तव्यको पालना गर्दै आफ्नो दायित्व निर्वाह गर्छ भने उसलाई एक प्रकारको राहत र सन्तुष्टिको अनुभूति हुन्छ ।