अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे

अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे

आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, उनीहरूले भने : जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्युको समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा कपडाको टुक्रा राख्नुभयो र सांस फुलेपछि त्यो चादरलाई हटाएर भन्नुभयो: " अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे ।" उहाँले यहूदी र ईसाईहरू जस्तै नगर्न आफ्नो उम्मतलाई चेतावनी दिनुभयो ।

[सही] [मुत्तफकुन अलैहि]

الشرح

आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को मृत्युको समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा कपडाको एउटा टुक्रा राख्नुभयो र मृत्युको पीडाले सास फेर्न गाह्रो भएपछि त्यो टुक्रा हटाउनुभयो र यही कठिन परिस्थितिमा भन्नुभयो: यहूदी र ईसाईहरूमाथि अल्लाहको श्राप होस् । अर्थात्, अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट टाढा राखून् । किनभने तिनीहरूले आफ्ना नबीहरूको चिहानमाथि मस्जिदहरू बनाएका थिए । स्मरण रहोस्, चिहानमाथि मस्जिद बनाउने विषय गम्भीर नभएको भए यो कठिन समयमा उहाँले उल्लेख गर्नुहुने थिएन । यो समस्याको गम्भीरता देखेर उहाँले आफ्नो उम्मतलाई यहूदी र इसाईहरूको पाइला पछ्याउन यस्तो काम गर्न निषेध गर्नुभएको छ । यस कार्यलाई निषेध गर्नुको अर्को कारण यो हो कि यसले शिर्कको ढोका खोल्छ ।

فوائد الحديث

नबी र सदाचारीहरूको चिहानमा मस्जिद बनाउन अनि त्यसमा सलाह पढ्न निषेधित (हराम) छ, किनकि यो शिर्क (बहुदेववाद) को माध्यम हो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) स्थापना गर्न र तौहीदमा खलल पैदा गर्ने सम्पूर्ण कार्यहरू जस्तै चिहानको सम्मान इत्यादिबाट सचेत गर्नुभएको छ, किनभने यसले शिर्कको ढोका खोल्छ ।

यहूदी र ईसाईहरूलाई श्राप दिन अनुमति छ । त्यसैगरी तिनीहरूले झैं चिहानहरूमा भवन निर्माण गर्ने अनि चिहानमा मस्जिद बनाउनेहरूलाई पनि श्राप दिन अनुमति छ ।

चिहानमाथि भवनहरू निर्माण गर्नु यहूदी र ईसाईहरूको प्रथा हो र यो हदीसमा निषेध गरिएको छ ।

चिहानलाई मस्जिद बनाउनको अर्थ भनेको भवन नबनाइए पनि कबर नजिक र कबरतर्फ मुख गरेर सलाह पढ्नु हो ।

التصنيفات

ताैहीद उलूहियत