यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो भन, अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।

यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो भन, अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।

हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो नभन : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, तर यो भन, अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"

[सम्पूर्ण तुरुक (सिलसिला) ले गर्दा सही हो] [अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्]

الشرح

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुराकानी गर्दा 'अल्लाहले जे चाहनुहुन्छ र फलानोले जे चाहन्छ' भन्न निषेध गर्नुभएको छ ।" वा अल्लाह र फलानोले जे चाहन्छ; किनभने अल्लाहको इच्छा र उहाँको नियत निरपेक्ष छ र यसमा कोही साझेदार छैन । जबकि यहाँ "र" शब्दको प्रयोगले अल्लाहसँग कोही साझेदार छ र दुवै बराबर छन् भन्ने संकेत गर्दछ । तसर्थ, एक मुस्लिमले "जे अल्लाह चाहनुहुन्छ र त्यसपछि जे फलानो चाहन्छ भन्नु पर्छ ।" तसर्थ, "र" को सट्टा "त्यसपछि" शब्दको प्रयोग गर्दा सेवकको इच्छा अल्लाहको इच्छाको अधीनमा हुनेछ । किनकि "त्यसपछि" ले पछि गरिएको जनाउँछ जुन "र" शब्दमा हुँदैन ।

فوائد الحديث

"जे अल्लाहले चाहनुहुन्छ र तपाइले चाहनुहुन्छ" र अन्य त्यस्ता वाक्यांशहरू भन्न निषेध गरिएको छ, किनकि यसमा "र" शब्दद्वारा अल्लाहलाई भक्तसंग प्रयोग गरिएको छ र यस्ता शब्द र भनाइहरू बहुदेववादका रूप हुन् ।

"जे अल्लाहले चाहनुहुन्छ, त्यसपछि तपाइँ चाहनुहुन्छ" र अन्य त्यस्ता वाक्यहरू प्रयोग गर्न अनुमति छ जसमा "त्यसपछि" शब्द दुई वाक्यांशहरू जोड्न प्रयोग गरिन्छ । किनभने यसमा कुनै हानि छैन ।

अल्लाहको इच्छाको प्रमाण र दासको इच्छाको प्रमाण । साथै दासको इच्छा अल्लाहको इच्छाको अधीनमा छ ।

अल्लाहको इच्छासँग सृष्टिको इच्छा समावेश गर्न निषेध गरिएको छ, चाहे मौखिक रूपमा पनि ।

यदि कसैले दासको इच्छा अल्लाहको इच्छा जस्तै व्यापकता र पूर्णतामा समान छ वा दासको स्वतन्त्र इच्छा छ भनी विश्वास गर्छ भने, यो ठूलो शिर्क (बहुदेववाद) हो, तर अल्लाह भन्दा कम छ विश्वास गर्छ भने त्यो सानो शिर्क हो ।

التصنيفات

ताैहीद उलूहियत