जसले तावीज झुण्ड्याउँछ उसले शिर्क गरेको छ ।

जसले तावीज झुण्ड्याउँछ उसले शिर्क गरेको छ ।

उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही मानिसहरू आए, जसमध्ये उहाँले नौ जनाबाट बैअत (कसम) लिनुभयो, तर एक जनाबाट लिनुभएनन् । त्यसैले उनीहरूले सोधे: हे अल्लाहका रसूल! हजुरले नौ जनाबाट सपथ लिनुभयो र एक जनाबाट सपथ लिनुभएन! उहाँले जवाफ दिनुभयो: "उसले तावीज लगाएको छ ।" त्यसैले त्यो मानिसले आफ्नो हात भित्र हाल्यो र तावीजलाई काट्यो । अनि उहाँले शपथ लिनुभयो र भन्नुभयो: "जसले तावीज झुण्ड्याउँछ उसले शिर्क गरेको छ ।"

الشرح

एक जमात नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए, तिनीहरूको संख्या दश थियो, उहाँले तिनीहरुमध्ये ९ जनाबाट इस्लाम र त्यसप्रति वफादारीको बैअत (प्रतिज्ञा) लिनुभयो, तर एक जनाबाट लिनुभएन । जब यसको बरेमा सोधियो त उहाँले जवाफ दिनुभयो : उसले तावीज झुण्ड्याएको छ । जुन मोती, धागो वा अन्य चीजहरूबाट बनाइएको हुन्छ र दुष्ट, हानि र विपत्तिबाट जोगिन घाँटी आदिमा झुण्ड्याइन्छ । त्यसैले त्यो मानिसले आफ्नो हात ताबीजको ठाउँमा घुसायो र त्यसलाई काटेर फ्यालियो अनि त्यस समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उसँग वफादारीको प्रतिज्ञा गर्नुभयो । उहाँले ताबीज विरुद्ध चेतावनी दिदै त्यसको आदेश बताउनुभयो: "जसले तावीज झुण्ड्याउँछ उसले शिर्क गरेको छ ।"

فوائد الحديث

जसले अल्लाह बाहेक अरु कसैमा भरोसा गर्छ, अल्लाहले उसलाई उसको नियत विपरीत व्यवहार गर्नुहुनेछ ।

ताबीज लगाउनु हानि र दुष्टताबाट बच्ने कारण हो भनी विश्वास गर्नु सानो शिर्क हो, तर यसले स्वयम फायदा गर्छ वा हानिबाट जोगाउछ भनेर विश्वास गर्नु भने ठूलो शिर्क हो ।

التصنيفات

ताैहीद उलूहियत