إعدادات العرض
जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट…
जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले अल्लाहको लागि हज गर्यो, र (स्वास्नी सँग) सम्भोग गर्नु बाट र अनैतिक कार्यहरूबाट टाढा रह्यो भने ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ" ।
[सही] [मुत्तफकुन अलैहि]
الترجمة
ar bn bs en es fa fr id ru tr ur zh hi ug ku ha pt ml te sw ta my de ja ps vi as sq sv cs gu yo nl si prs ak az bg ff hu kn ky lt or ro rw tg uz mos wo om sr so bm uk tl rn km ka mk el am mgالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, कि जसले अल्लाहको लागि हज गर्छ र 'रफस' बाट टाढा रहन्छ । 'रफस' भनेको यौन सम्बन्ध र यस सँग सम्बन्धित गतिविधिहरू हुन्, जस्तै: चुम्बन र सहवास, 'रफस' अभद्र बोलीलाई पनि भनिन्छ । र 'फिस्क' बाट टाढा रहनुको अर्थ: उसले पाप र खराब कामहरू गर्दैन । त्यसैगरी एहरामको अवस्थामा निषेधित कार्यहरूबाट पनि टाढा रह्यो भने ऊ आफ्नो हजबाट पापरहित फर्कन्छ, ऊ आमाको कोखबाट जन्मेको दिन झैं पवित्र हुन्छ ।فوائد الحديث
अनैतिकता र पापका कार्यहरू सबै परिस्थितिमा निषेध गरिएका छन्, तर हजको सम्मानले गर्दा हजको समयमा कडा रूपले प्रतिबन्धित छन्।
मानिस पापमुक्त जन्मन्छ, र उसले अरूको पापको बोझ बोक्दैन ।
التصنيفات
हज र उमराहको सद्गुण