إعدادات العرض
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ
उमर बिन अबू सलमह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म एउटा बच्चा थिएँ र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को हेरचाहमा थिएँ । मेरो हात (खाँदै गर्दा) भाँडोमा यताउता घुमिरहेको थियो, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो: " ए बाबु! बिस्मिल्लाह पढ, आफ्नो दाहिने हातले खाऊ र आफ्नो अगाडिबाट खाऊ ।" त्यसपछि म सधैं त्यही निर्देशन अनुसार खाना खाने गर्थें ।
الترجمة
العربية Bosanski English فارسی Français Bahasa Indonesia Русский Türkçe اردو हिन्दी 中文 বাংলা ئۇيغۇرچە Español Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் සිංහල မြန်မာ ไทย 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી Yorùbá Nederlands Hausa دری Кыргызча Lietuvių Kinyarwanda or ಕನ್ನಡ Oromoo Română Soomaali Српски Wolof Українська Moore Tagalog Azərbaycan ქართული Magyar Deutsch Македонски bm አማርኛالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पत्नी; उम्मे सल्मा (रजियल्लाहु अन्हा) को छोरा उमर बिन अबू सल्मा, (जो रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अभिभावकत्वमा थिए) ले बयान गरेका छन्, म खाना खाँदा आफ्नो हात खाना टिप्नका लागि थालीमा घुमाउने गर्थें र जताततैबाट खाना उठाउँथे, त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई खाना खाने तीनवटा आचरण/तरिकाहरू सिकाउनुभयो: १) खाना खानुअघि बिस्मिल्लाह पढ्नु । २) दाहिने हातले खाना खानु । ३) खाना आफ्नो सामु नजिक को भी भागबाट खानु ।فوائد الحديث
खाने र पिउने एउटा शिष्ट तरिका मध्ये सुरुमा बिस्मिल्लाह भन्नु हो ।
बालबालिकालाई मर्यादित व्यवहार सिकाउनुपर्छ । विशेष गरी ती बच्चाहरूलाई जो तपाईंको हेरचाहमा छन् ।
बच्चाहरुलाई शिक्षा दिन र मर्यादित व्यवहार सिकाउनमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नम्रता र उदारता ।
खाना खाने एउटा मर्यादित व्यवहार भनेको मानिसले आफ्नो अगाडि तर्फ बाट खानुपर्छ । हो! यदि प्लेटमा विभिन्न प्रकारका खानेकुराहरू छन् भने भाँडाको कुनै पनि भागबाट लिन अनुमति छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा (साथी) हरू उहाँद्वारा सिकाइएको आचरणलाई कडाईका साथ निरन्तर पालना गर्थे । यो उमर बिन अबू सलमाको कथनबाट प्रष्ट हुन्छः ‘त्यसपछि म सधैं यही निर्देशन अनुसार खाना खाइरहेँ’ ।
التصنيفات
खाने र पिउने शिष्टाचार