एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे…

एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको प्रतिद्वन्द्वी ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।

अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: अल्लाह र तपाईले जे चाहनुहुन्छ त्यही हुनेछ । यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमीले मलाई अल्लाहको प्रतिद्वन्द्वी ठहर गरेको छौ?" बरु यसो भन्नु: अल्लाहले मात्र जे चाहनुहुन्छ (त्यही हुन्छ) ।"

[यसको सनद हसन हो] [इब्ने माजहले र निसाईले सुनन कुब्रा मा तथा अहमदले वर्णन गरेका छन्]

الشرح

एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र उसले कुनै विषयको बारेमा कुरा गर्यो र भन्यो: "अल्लाह र तपाईंले जे चाहनुहुन्छ त्यही हुनेछ ।” नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भनाइको निन्दा गर्नुभयो र भन्नुभयो : सृष्टिको इच्छालाई सृष्टिकर्ताको इच्छासँग "वाव" ("र") अक्षरले मिलाएर एकसाथ भन्नु सानो शिर्क हो । मुस्लिमले यसरी भन्नु अनुमति छैन । त्यसपछि उहाँले : "अल्लाहले एक्लै जे चाहनुहुन्छ त्यही हुन्छ ।” भनेर सही तरिका सिकाउनु भयो । किनभने उहाँको चाहनाको साथमा अरु कसैको इच्छासँग मिलाउनु हुँदैन ।

فوائد الحديث

"जे परमेश्वरले चाहनुहुन्छ र तपाईंले चाहनुहुन्छ ” र यससँग मिल्दोजुल्दो शब्द भन्न निषेध गरिएको छ; किनभने यसमा दासको इच्छालाई "वाव" ("र") अक्षरले परमेश्वरको इच्छासँग जोडिएको छ र यो सानो शिर्क हो ।

गलतलाई निन्दा गर्नु आवश्यक छ ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) को रक्षा गर्नुभयो र शिर्क (बहुदेववाद) का मार्गहरूलाई अवरुद्ध गर्नुभयो ।

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पाइला पछ्याउँदै मुनकर (गलत कुरा) को निन्दा गर्दा त्यसको जायज विकल्प पनि स्पष्ट पार्नु राम्रो कुरा हो ।

एउटा हदीसमा छ :"अल्लाहले एक्लै जे चाहनुहुन्छ त्यही हुन्छ” र अर्को हदीसमा छ : "अल्लाहले जे चाहनुहुन्छ, त्यसपछि तपाईंले ।" यसको जवाफ :"अल्लाहले जे चाहनुहुन्छ, त्यसपछि तपाईंले" यसरी भन्नु जायज हो तर "अल्लाहले एक्लै जे चाहनुहुन्छ त्यही हुन्छ” भन्नु राम्रो हो ।

"अल्लाहले जे चाहनुहुन्छ, त्यसपछि तपाईंले चाहनुहुन्छ" यसरी भन्नु जायज हो तर "अल्लाहले एक्लै जे चाहनुहुन्छ त्यही हुन्छ” भन्नु राम्रो हो ।

التصنيفات

ताैहीद उलूहियत