तिमी लेख, जसको हातमा मेरो ज्यान छ, उनको कसम खाएर भन्दै छु, यो (मुख) बाट सत्य बाहेक केही आउँदैन ।

तिमी लेख, जसको हातमा मेरो ज्यान छ, उनको कसम खाएर भन्दै छु, यो (मुख) बाट सत्य बाहेक केही आउँदैन ।

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू सुरक्षित राख्ने उद्देश्यले लेख्थें । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, "के तिमी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुरा लेख्छौ, जबकि उहाँ एक मानव हुनुहुन्छ र क्रोध र खुशीको अवस्थामा कुरा गर्नुहुन्छ ? त्यसैले मैले लेख्न बन्द गरें र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसबारे सोधे । उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: " तिमी लेख, जसको हातमा मेरो ज्यान छ, उनको कसम खाएर भन्दै छु, यो (मुख) बाट सत्य बाहेक केही आउँदैन ।"

[सही] [अबू दाऊदले वर्णन गरेका छन्]

الشرح

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेका सबै कुराहरू लिखित रूपमा सुरक्षित राख्ने उद्देश्यले लेख्नेगर्थे । तर कुरैशका केही मानिसहरूले मलाई त्यसो गर्नबाट रोके र भने, उहाँ एक मानव हुनुहुन्छ, रिस र खुशी दुवै अवस्थामा बोल्नुहुन्छ, उहाँबाट कहिलेकाहीं गल्ती हुन सक्छ, त्यसैले मैले लेख्न छोडें । त्यसपछि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भनें र उहाँले आफ्नो औंलाले आफ्नो मुखतिर संकेत गर्दै भन्नुभयो: "तिमी लेख, कसम (अल्लाहको), जसको हातमा मेरो ज्यान छ, यो मुखबाट रिस र खुशी हरेक परिस्थितिमा सत्य बाहेक केही आउँदैन ।" अल्लाहले स्वयं रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बारेमा भन्नुभएको छ: {उहाँ आफ्नो इच्छाले केही बोल्नुहुन्न । यो केवल वही (प्रकाशना) हो जुन उहाँतर्पफ पठाइएको हो} [सूरा नजम ३-४]

فوائد الحديث

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहको सन्देश पुर्‍याउने मामिलामा माअ्सुम (निर्दोष) हुनुहुन्छ । यसमा उहाँबाट कुनै गल्ती हुनसक्ने दुर्गम सम्भावना पनि छैन । न खुसीको स्थितिमा न क्रोधको अवस्थामा ।

उहाँका साथीहरू सुन्नतको रक्षा गर्न र प्रचार गर्न उत्सुक थिए ।

कुनै कुरामा जोड दिनको लागि कसम खाने अनुमति छ ।

ज्ञानलाई सुरक्षित राख्ने सबैभन्दा महत्त्वपूर्ण माध्यम लेख्नु हो ।

التصنيفات

सुन्नतको महत्व र स्थान, सुन्नतको सम्पादन, हाम्रा नबी मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम)