إعدادات العرض
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर…
सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सबैभन्दा खराब चोर त्यो व्यक्ति हो जसले आफ्नो नमाज मा चोरी गर्छ ।" एक साथीले नमाजमा चोरी गर्नुको अर्थ के हो भनेर सोधे, उहाँले जवाफ दिनुभयो: "नमाजमा चोरी गर्नु भनेको उसले पूर्ण रूपमा रुकुअ र सज्दा नगर्नु हो।"
[सही] [इब्ने हिब्बानले वर्णन गरेका छन्]
الترجمة
العربية English မြန်မာ Svenska Čeština ગુજરાતી Yorùbá Nederlands اردو Bahasa Indonesia ئۇيغۇرچە বাংলা Türkçe සිංහල हिन्दी Tiếng Việt Hausa Kiswahili پښتو অসমীয়া دری Кыргызча Lietuvių Kinyarwanda తెలుగు Bosanski ಕನ್ನಡ Kurdî മലയാളം Română Soomaali Shqip Српски Українська Wolof Tagalog Moore தமிழ் Azərbaycan فارسی ქართული 中文 Magyar Português Deutsch Русский አማርኛ Italiano bm Македонски Malagasy Oromoo ភាសាខ្មែរالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, सबैभन्दा खराब चोर त्यो हो जसले आफ्नो नमाजमा चोरी गर्छ । किनभने अर्काको सम्पत्ति चोरेर मानिसले सांसारिक फाइदा लिन सक्छ तर नमाज मा चोरी गर्नेले आफ्नो हकको पुण्य र इनाम चोर्छ । सहाबाहरूले सोधे, हे अल्लाहका रसूल ! नमाजमा चोरी गर्नुको अर्थ के हो? उहाँले जवाफ दिनुभयो: यसको मतलब भनेको व्यक्तिले रुकुअ र सज्दा पूर्ण रूपमा नगर्नु हो; अर्थात् छिटो छिटो रुकुअ र सज्दा गर्ने र सुन्नत अनुसार नगर्ने हो ।فوائد الحديث
राम्रोसँग नमाज पढ्नु र यसका अनिवार्य कुराहरुलाई ध्यानमग्नका साथ गर्नुको महत्त्व ।
रुकु र सज्दा पूर्णतया नगर्नेलाई चोर भन्नु भनेको यसप्रति घृणा जगाउन र यसो गर्नू निषेधित हो भनेर चेतावनी दिन हो ।
रुकु र सज्दा पूर्ण रूपमा सही तरिकाले गर्नु वाजिब हो ।