إعدادات العرض
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।
खौलह अन्सारी (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "निस्सन्देह, अल्लाहको सम्पत्ति दुरुपयोग गर्नेहरुको परिणाम कयामतको दिन नरक हो ।"
الترجمة
العربية বাংলা Bosanski English Español فارسی Français Bahasa Indonesia Русский Tagalog Türkçe اردو 中文 हिन्दी ئۇيغۇرچە Kurdî Português മലയാളം తెలుగు Kiswahili தமிழ் မြန်မာ Deutsch 日本語 پښتو Tiếng Việt অসমীয়া Shqip Svenska Čeština ગુજરાતી አማርኛ Yorùbá Nederlands සිංහල Hausa ไทย دری Fulfulde Magyar Italiano ಕನ್ನಡ Кыргызча Lietuvių or Română Kinyarwanda Српски O‘zbek Moore Oromoo Wolof Soomaali Malagasy Български Українська Azərbaycan ქართული bm тоҷикӣ Македонскиالشرح
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबरदार गर्दै भन्नुभएको छ: मानिसहरूले मुस्लिमहरूको सम्पत्तिको दुरुपयोग गर्छन् र गलत तरिकाले कब्जा गर्छन्। यसमा अनुचित रूपमा सम्पत्ति जम्मा गर्ने, कमाउने र गलत ठाउँमा खर्च गर्ने सबै कुरा समावेश छन् । त्यस्तै अनाथको सम्पत्ति हडप्ने, वक्फ (परोपकारी संस्था) को सम्पत्ति कब्जा गर्ने, नासोलाई अस्वीकार गर्ने र सार्वजनिक कोष बिना कुनै अधिकार प्रयोग गर्ने समावेश छन् । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कयामतको दिन त्यस्ता मानिसहरूको सजाय नर्क हो बताउनु भयो ।فوائد الحديث
मानिसको हातमा रहेको धन वास्तवमा अल्लाहको धन हो । अल्लाहले मानिसहरूलाई यस सम्पत्तिको उत्तराधिकारी बनाउनु भएको छ, ताकि तिनीहरूले यसलाई सही तरिकामा प्रयोग गरुन् र यसको दुरुपयोगबाट बच्न सकून् । यसमा शासक र आम जनता सबै समेटिएको छ ।
शरियतले सार्वजनिक कोषको सम्बन्धमा धेरै कठोर दृष्टिकोण अपनाएको छ । सार्वजनिक कोषको हेरचाह गर्ने जिम्मेवारी दिइएको व्यक्तिले न्यायको दिन पैसा संकलन र खर्चको हिसाब दिनुपर्नेछ ।
यस चेतावनीमा सम्पत्तिको दुरुपयोग गर्ने प्रत्येक व्यक्ति समावेश छन्, चाहे त्यो सम्पत्ति उसको आफ्नै होस् वा अरू कसैको होस् ।